नेपालदूत , पोखरा
वैशाख १४ गते २०७७
सरकारले लकडाउन १० दिन थप्ने निर्णय गरेको छ । चैत ११ बाट जारी लकडाउन अब वैशाख २५ सम्म पुग्ने भएको छ ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५२ पुगेको छ । भारतमा संक्रमण डरलाग्दो भएको र नेपालमा पनि नयाँ संक्रमण देखिइरहेकाले लकडाउन थपिएको हो ।