समाचार

भाँडा पसल र किराना पसलबाट मल बिक्री, गुनासो आएपछि अनुगमन

पोखरामा साल्ट टे«डिङले वितरण गरेको युरिया मलमा गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले बजार अनुगमन गरेको छ । किसानले धान गोड्ने बेला हाल्नुपर्ने युरिया मल तीन दिन अगाडी साल्ट टे«डिङले ४ जिल्लाका किसानलाई उपलब्ध गराएको थियो । विभिन्न सहकारीलाई मल उपलब्ध गराउने र सहकारीले किसानलाई वितरण गर्ने व्यवस्था भए पनि जहाँतहीँ छ्यापछ्याप्ती भाँडा पसलदेखि, खाद्यान्न, किराना, भेटरीनरी, जहाँ पनि युरिया मल पाइने गरेको गुनासो छ । प्रशासनले पोखराका ५ वटा… पुरा पढौ

जुम्लाका सीडीओलाई कोरोना संक्रमण

जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार बिहान परीक्षणका लागि स्वाब दिएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो। उनले भने, ‘जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो।’ प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए। स्रोतका अनुसार संक्रमण… पुरा पढौ

गण्डकीमा फेरि २ संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप २ कोरोना संक्रमितको मृत्यु भएको छ । नवलपरासीको गैडाकोट २ का ३७ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनमा हेपाटाइटिस र मृगौलाका बिरामीसमेत थिए । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि बिहीबार साँझ अर्का संक्रमितको मृत्यु भएको छ । पोखरा ६ का ३७ वर्षीय पुरुषको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो । संक्रामक तथा सरुवा रोग अस्पतालबाट उनलाई आजै बिहान पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको… पुरा पढौ

वडा कार्यालयबाटै वडाध्यक्ष अख्तियारको नियन्त्रणमा

रुपन्देहीको रोहिणी गाउँपालिका २ का वडाध्यक्ष सरोजकुमार पाण्डे घूससहित पक्राउ परेका छन् । अनुदान स्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदिएको भनी सेवाग्राहीसँग २० हजार लिएको पुष्टि भएपछि उनलाई वडाबाटै नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । पुरा पढौ

बेपत्ताको खोजी र पीडितलाई राहत दिन बागलुङ समाजको आग्रह

बागलुङ समाज पोखराले बागलुङको ढोरपाटन नगरपालिका र आसपासका क्षेत्रमा बुधबार राति आएको भीषण बाढी, पहिरोमा बेपत्ताहरुको खोजी, उद्धार र पीडितलाई राहत दिन आग्रह गरेको छ । समाजका अध्यक्ष सुनील पाण्डे नेतृत्वको टोलीले बिहीबार गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन र आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेको छ । बुधबार राति आएको बाढी, पहिरोमा ११ जनाको शव भेटिएको छ भने दुई दर्जनभन्दा बढी सम्पर्कविहीन छन्… पुरा पढौ

युनाइटेडको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन

युनाईटेड क्लव पोखराले आयोजना गरेको आकस्मिक रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ । सामाजिक काममा अग्रणी क्लबले कोरोना महामारीका कारण पोखरामा रगतको अभाव देखिएपछि रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा रक्तदान आयोजना गरेको हो । क्लवले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान गर्दै आएको भएता पनि यो पटक कोरोना महामारीका कारण रगतको अभाव भएपछि आकस्मिक रक्तदान आयोजना गरेको क्लबका स्वास्थ्य उपसमिति संयोजक तथा रक्तदान कार्यक्रम संयोजक जयराम आचार्यले बताए ।… पुरा पढौ

काठमाडाैं महानगर प्रमुख शाक्यलाइ काेराेना संक्रमण पुष्टि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । मेयर शाक्यकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । तर, उनकी पत्नीलाई भने  कोरोना संक्रमण देखिएन । शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी  होम आइसोलेसनमा बसेका छन् । पुरा पढौ

कोरोनाबारे सचेतना जगाउँदै सयपत्री युवा क्लब

सयपत्री युवा क्लबलो मादी गाउँपालिका ६ थाकमा कोरोना महामारीबारे सचेतना र मास्क वितरण गरेको छ । क्लबका अध्यक्ष योगबहादुर क्षेत्री (रवि)ले निषेधाज्ञा समाप्त भए पनि बाटो हिड्ने मानिसलाई सचेतनामूलक काम गरिरहेको बताए । उनले बाटोमा हिड्ने मानिसलाई अनिवार्य रूपमा माक्स लगाएर मात्र हिड्न, अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन, निस्कनै परेको खण्डमा सुरक्षा उपाय अपनाउन क्लबले अनुरोध गरिरहेको जानकारी दिए । पुरा पढौ

९ वर्षे बालिका बलात्कार आरोपमा भूपू सैनिक पक्राउ

कास्की प्रहरीले ९ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । स्याङ्जाको बिरुवा गाउँपालिका ७ घर भई हाल पोखरा १० मिलनचोक बस्ने ५५ वर्षका रेशबहादुर गुरुङलाई आइतबार प्रहरीले पक्रेको हो । भूपू भारतीय सैनिक रेशबहादुरलाई कास्कीबाट खटिइगएको प्रहरी टोलीले विरुवा ८, टोड्केबाट उनलाई नियन्त्रणमा लिएको हो । रेशबहादुरले ती बालिकालाई ४, ५ महिनादेखि ललाई फकाई यौन शोष गर्दै आएको र उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कास्की… पुरा पढौ

युएन्टो कास्की राहत विभाग संयोजकमा दीपक, इन्चार्ज विकल

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कास्कीको राहत विभाग संयोजकमा दीपक पौडेल र इन्चार्जमा विकल पौडेल चयन भएका छन् । इन्चार्ज पौडेल सङ्गठनका पोखरा महानगरपालिका समितिका सचिव तथा प्रदेश राहत विभागका सदस्य हुन् । भर्चुअल मोडबाट शनिबार भएको भेलाबाट गठित १३ सदस्यीय विभागका सह संयोजकमा बन्धुराज जमरकट्टेल र सचिवमा शिवहरि पाण्डे तथा सदस्यहरुमा सूर्य नेपाली, कमल सुवेदी, दीपेन्द्र जमरकट्टेल, लक्ष्मण गौतम, सूर्य तिवारी, अर्जुन पौडेल, शिव प्रसाद भुसाल, शर्मिला आचार्य, पार्वती… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं