राष्ट्रिय युवा संघ नेपाल कास्कीको आयोजनामा पोखरामा २१ औँ सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (वैरागी)को स्मृति दिवस मनाएको छ ।
तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा शहीद गोर्खामा शहीद भएका दुबै जनाको स्मृतिमा युवा संघले आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमको समापन तथा श्रद्धाञ्जली कार्यक्रम मंगलबारबार भएको छ ।
कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले शहीदद्धयको बलिदान वर्ग संघर्ष र निष्ठाको प्रतिक रहेको बताउँदै वासुु जहिले पनि अवसरबादका विरोधी र दुरगामी नेता रहेको स्मरण गरे ।
जनयुद्धका फौजी कारवाहीहरुमा मुख्यत युवाहरुको सहभागिता रहेको बताउँदै उनले अहिले पार्टीमा नेताका अगाडी राम्रो कुरा गर्ने तर पछाडी उछितो काट्ने प्रवित्ति मौलाएकामा चिन्ता व्यक्त गरे । नेकपा प्रदेश कमिटीका सचिव गोविन्दबहादुर नेपालीले पार्टीमा अझै पनि सामन्तवाद हावी रहेको बताउँदै युवाहरुले गुटवन्दीको सशक्त विरोध गर्नुपर्ने खाँचो औल्याए ।
नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले शहीदहरुको सपना पूरा गर्न सकेमात्र उनीहरु सच्चा श्रद्धाञ्जली हुने भनाई राखे । शहीदहरुको स्मृतिमा राष्ट्रिय युवा संघले गत भदौ १३ गतेदेखी पोखरामा सप्ताहव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
कोरोना महामारीमा पनि आवश्यक स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन गरी गरिएको कार्यक्रमबाट २ सय १२ युनिट रगत संकलन भएको राष्ट्रिय युवा संघ कास्की अध्यक्ष भोजराज पौडेलले बताए ।






