जंगलको बाटो हिडिरहेकी युवतीलाई बलात्कार आरोपमा पक्राउ

पोखरा २० भलामका ३५ वर्षीय गणेश खत्री पक्राउ परेका छन् । खत्रीले शनिबार साँझ पौने ९ बजे जंगलको बाटो हिडिरहेकी एक युवतीलाई डर, धम्की दिएर जबर्जस्ती गरेको प्रहरीको आरोप छ ।

१८ वर्षीया ती युवती बलात्कार आरोपमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता सुवास हमालले जानकारी दिए । खत्री बिरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी कसुर अन्तरगत अनुसन्धान भइरहेको हमालले बताए ।