दोबिल्लाका सुरेन्द्र १८ वर्षपछि पक्राउ

पोखरा १७ दोबिल्लाका सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा सजाय फैसला भएको १८ वर्षपछि पक्राउ परेका छन् ।

४२ वर्षीय गिरीलाई बुधबार कास्की प्रहरीले पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा चितवन जिल्ला अदालत र पुनरावेदन अदालत हेटौडले उनलाई २०५९ सालमा ४ वर्ष ११ महिना ५ दिन कैद सजाय हुने फैसला गरेका थिए ।

त्यसयता फरास उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दोबिल्लाबाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश गरेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।