समाचार

लामो दूरीका गाडी भदौभरि नचल्ने

लामो दूरीका सवारी साधन र हवाई यातायात भदौ मसान्तसम्म बन्द हुने भएका छन् । कोरोना संक्रमण फैलिएको भन्दै आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। संक्रमण फैलिँदै जाँदा लामो दूरीका गाडी र हवाइ सेवा सञ्चालन सञ्चालन हुने मिति सरकारले सारिरहेको छ । file pix पुरा पढौ

अनलाइन चित्रकला प्रतियोगितामा अनुसुया पहिलो

कोरोना भाइरस स्वास्थ्य सुरक्षामा बालबालिकाको भूमिका विषयमा पोखरामा भएको अनलाइन चित्रकला प्रतियोगितामा पोखरा १७ की अनुसुया बराल प्रथम भएकी छिन् । राईट्स फर चिल्ड्रनले आयोजना गरेको प्रतियोगिता पोखराको मासबार स्थित मदरल्याण्ड माविमा कक्षा १२ मा अध्ययनरत बराल १८ वर्षमुनिका बालबालिकाबीच भएको हो । प्रतियोगितामा कृसा श्रेष्ठ दोस्रो र अजय गिरी तेस्रो बने । रवीन्द्र विक चौथो भएको प्रतियोगिताको अन्तिम राउण्डमा १५ जना बालबालिकाले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा प्रथम भएको… पुरा पढौ

प्रेमराजा महत दम्पतीले कोरोना जिते

लोकगायक प्रेमराजा महत र उनकी पत्नी कविताले कोरोनलाई जितेका छन् । प्रेमराजाले अगस्त ७ मा आफू र श्रीमती कवितालाई कोरोना भएको जनाएका थिए । उनले कोभिड १९ नेगेटिभ आएपछि अगस्त २८ मा यसबारे जानकारी दिएका छन् । महतले लेखेका छन्, ‘विश्वभरी रहेका हजारौं हजार इष्टमित्रहरूको आशिर्वाद र माया प्रेमले हामीलाई यति हिम्मत दियो कि घातक संक्रमण गर्ने विश्व महामारीको मूलजड कोरोनालाई परास्त गर्ने सफलता मिल्यो ।’ प्रेमराजा मेरिल्याण्ड र पेनसेलभेनियाका… पुरा पढौ

बाँदरलाई हानेको गोली लागेर बालकको मृत्यु

बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर यहाँ एक बालकको मृत्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गोली लागेर सोही स्थानका १२ वर्षीय शैलेन्द्र तामाङको मृत्यु भएको हो । घरबाट करिब एक किलोमिटर उत्तरमा रहेको सुठुनीबारीमा बाँदर धपाउन शुक्रबार साँझ भरुवा बन्दुक पड्काउने क्रममा गोली लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए । प्रहरीले मानकाजीलाई… पुरा पढौ

सञ्चारकर्मीको जागिर र तलव ज्ञारेण्टी गर : प्रेस युनियन गण्डकी

नेपाल प्रेस यूनियन गण्डकीले सबै पत्रकार र सञ्चारकर्मीलाई विभिन्न वहानामा मिडिया हाउसले निकालेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । ११ वटै जिल्लाका यूनियन कर्मीहरुको भर्चुअल भेलापछि पत्रकार तथा कर्मचारीलाई जागिरबाट निकाल्नु अमानविय र मिडिया मालिकको मनपरी भएको आरोप लगाएको छ । ‘लकडाउनलाई देखाएर नियमित तलव नदिनु गलत छ । कुनैपनि बहानामा आफ्ना कर्मचारी र पत्रकारलाई जागिरबाट निकाल्ने र बेतलवी विदामा बस्न बाध्य पारिएको घटनाप्रति यूनियनको गम्भीर ध्यानाकषर्ण भएको छ,’ भेलापछि… पुरा पढौ

मणिपालका डाक्टरलाई कोरोना संक्रमण

पोखरा महानगरपालिका, फूलबारीमा रहेको मणिपाल अस्पातालमा कार्यरत १ डाक्टरमा कोरोना संक्रमण भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले मणिपालका २६ वर्षीय पुरुष डाक्टरलाई कोरोना भएको जनाएको हो । अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २०६५ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जना संक्रमित फेला परेका हुन् । लमजुङको बेशीसहरमा कार्यरत ८ नेपाल प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ । पुरा पढौ

कास्कीको निषेधाज्ञा खुकुलो, के चल्छन्, के के बन्छ रहन्छन् ?

जिल्ला प्रशासन कार्यालयले कास्कीमा निषेधाज्ञा खुकुलो बनाएको छ । भदौ २ गते जारी भएको निषेधाज्ञा आज मध्यराति सकिँदै थियो । शुक्रबार जिल्ला प्रशासनले भदौ २० गतेसम्म यसलाई निरन्तरता दिने निर्णय गरेको हो । कास्कीमा जोर दिन जोर र विजोर दिन बिजोर नम्बरका ट्याक्सी र निजी सवारी चल्न पाउने भएका छन् । सुरक्षा सावधानी अपनाएर निर्माण कार्य सञ्चालन गर्न अनुमति दिइएको छ भने सार्वजनिक सवारी अझै बन्द रहने भएका छन् । पुरा पढौ

पोखराका २ पर्यटक प्रहरीलाई कोरोना

पोखरा महानगरपालिका १७ का २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार बिहान संक्रमण पुष्टि गरेका दुवै पर्यटक प्रहरी हुन् । निर्देशनालयले क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १७ जना संक्रमित थपिएको जनाएको हो । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २२ पुगेको छ । प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ६ सय ७२ छ । पुरा पढौ

स्याङ्जामा भदौ १८ सम्म निषेधाज्ञा

स्याङ्जामा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक हप्ताका लागि थपिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले बिहीबार राति १२ बजेबाट भदौ १८ गते राति १२ बजेसम्मका लागि लागू हुने गरी निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिए । छिमेकी जिल्लामा कोरोना सङ्क्रमितको संख्यामा वृद्धि भइरहेकाले जोखिमको उच्च संभावना रहेकाले जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापनको निर्णयले केही खुकुलो हुने गरी पुनः एकहप्ता निषेधाज्ञाको अवधि थप गरिएको प्रजिअ… पुरा पढौ

चितवनका सङ्क्रमितमध्ये ८५ जना स्वास्थ्यकर्मी

दैनिक वढ्दै गएको कोरोना सङ्क्रमणमा जिल्लाका अस्पतालमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी बढी प्रभावित भएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार बुधबार रातिसम्म आएको सङ्क्रमितको तथ्याङ्कमा १८ प्रतिशत अस्पतालकै स्वास्थ्यकर्मी रहेका छन् । जिल्लामा कुल सङ्क्रमित सङ्ख्या ४७१ मध्ये ८५ जना स्वास्थ्यकर्मी छन् । उहाँहरु जिल्लाका विभिन्न अस्पतालमा कार्यरत छन् । सोमध्ये सबैभन्दा बढी वि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका २६, चितवन मेडिकल कलेज र पुरानो… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं