समाचार

कास्कीमा ५ दिन निषेधाज्ञा थप

कास्कीमा लगाइएको निषेधाज्ञा ५ दिनका लागि थपिएको छ । प्रशासनले निषेधाज्ञाको मोडालिटीमा भने सामान्य परिवर्तन गरेको छ । आवश्यक कर्मचारीसहित सरकारी कार्यालय, बैक र निर्माण सामग्रीका पसल खोल्न अनुमति दिइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ देखि ७ गतेसम्ममा लागि लगाएको निषेधाज्ञा अब १२ गते राति १२ बजेसम्म जारी रहनेछ । आइतबार बिहान पोखरा महानगरको कोरोना रोकथाम मूल समितिले महानगरमा निषेधाज्ञा थप्नका लागि सिफारिस गरेको थियो । पुरा पढौ

क्षेत्रीय अस्पतालको इमर्जेन्सीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमर्जेन्सीमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । इमर्जेन्सी बिभागमा कार्यरत ती ३९ बर्षीय पुरुष स्वास्थ्यकर्मी केहि दिनदेखि होटल क्वारेन्टाइनमा थिए । उनलाई पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आईसोलेसन केन्द्रमा लैजाने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालका निर्देशक डा विनोदविन्दु शर्माले बताए । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८८० पुगेको छ । पुरा पढौ

सेवा हस्पिटलको आइसियुमा उपचाररत बिरामी र नर्सलाई कोरोना संक्रमण

कास्की सेवा हस्पिटल पोखरा १२ मा उपचाररत बिरामी र नर्समा कोरोना संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बिहान ३० र ३२ वर्षका २ महिलामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । संक्रमित ३० वर्षीया नर्स पोखरा १४ की बासिन्दा हुन् भने बिरामी ३२ वर्षीया महिला पोखरा १२ की बासिन्दा हुन् । ती नर्समा संक्रमितसँग सम्पर्कको आधारमा खोजपड्ताल गर्दा कोरोना पुष्टि भएको र बिरामीमा भने लक्षण देखिएपछि जाँच गरिएको… पुरा पढौ

पोखरामा संक्रमण डरलाग्दो, निषेधाज्ञाको मोडालिटी फेर्ने तयारी

पोखरा महानगरभित्र शनिबारमात्रै १६ संक्रमित फेला परे । कास्कीमा जारी निषेधाज्ञा आइतबार मध्यराति सकिँदै छ । अब निषेधाज्ञा थपिएला कि हट्ला, सबैमा चासो छ । महानगरका मेयर मानबहादुर जिसी निषेधाज्ञाले मात्र समस्या समाधान नहुने भएकाले मोडालिटी परिवर्तन हुन सक्ने बताउँछन् । जिसीले भने, ‘डरलाग्दो अवस्था छ । भुसको आगो जसरी संक्रमण फैलिएको छ ।’ संक्रमणको जोखिमलाई हेरेर महानगरले आइसोलेसन बढाउने लगायतका तयारी गरको उनको भनाइ छ । आईतबार बिहान कोभिड–१९… पुरा पढौ

काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै संक्रमित थपिए

पछिल्लो २४ घन्टामा नेपालमा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। काठमाडौं उपत्यकामा आज २१६ जनामा कोरोना संक्रमण भेटिएको छ। काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । अब उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ३ सय १२ पुगेको छ। २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो… पुरा पढौ

दाहसंस्कारपछि कोरोना पुष्टि, सबै मलामी क्वारेन्टिनमा

सिरहाका एक पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ। मिर्चैया नगरपालिका वडा नं ४ का ६८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । भदौ ३ गते मृत्यु भएका ती पुरुषमा शुक्रबार राति कोरोना पुष्टि भएको सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कणेलले बताए । भदौ २ गते गाउँमै उनको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पठाइएको थियो। उनको पिसिआर रिपोर्ट नआउँदै भदौ ३ गते मृत्यु भएको प्रजिअ कणेलले… पुरा पढौ

बागलुङको निषेधाज्ञा निष्प्रभावी, कडाई गर्ने प्रशासनको तयारी

बागलुङ बजारमा समुदाय स्तरमा कोरोना संक्रमित भेटिएसंगै त्रास बढेको छ । बागलुङ नगरपालिकाले वडा नं १, २, ३ र ४ मा निषेधाज्ञा जारी गरे पनि यो प्रभावकारी भएको छैन । मानिसहरूको आवतजावत बाक्लै छ भने सवारी साधनहरू पनि चलिरहेका छन् । फेन्सी, रेटुरेन्ट लगायतका ब्यबसायीले भित्रैबाट ब्यापार गरिरहेका छन् । लकडाउनलाई प्रभावकारी बनाउन जरुरी भएको छ । बागलुङका सिडिओ सुरेश न्यौपानेले अनुगमन गरी लकडाउनलाई प्रभावकारी बनाइने प्रतिवद्धता गरे । file… पुरा पढौ

नेपालमा कोरोना संक्रमित साढे ३० हजार, थप ११ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । अब कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा १८२, ललितपुरमा २५ र भक्तपुरमा १… पुरा पढौ

अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

प्युठानमा अरिङ्गालको टोकाइबाट १० वर्षीय बालकको मृत्यु भएको छ । झिमरुक गाउँपालिका वडा नं ६ दहखोलाका अरविन गिरी बिहीबार बिहान घर नजिकैको सिसौको रुखमा बसेको अरिङ्गालले टोकेर घाइते भएका थिए । घाइते गिरीको प्युठान अस्पताल विजुवारमा उपचारको गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिए। रासस पुरा पढौ

प्रेस काउन्सिल कावा अध्यक्षमा किशोर नै

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठ नै कायम भएका छन् । हालै सरकारले २ नयाँ सदस्य नियुक्तिसहित कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो । न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले प्रेस काउन्सिलको नियमावली परिवर्तन गर्दै कार्यवहाक अध्यक्ष परिवर्तन गर्ने निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गरेको हो। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं