समाचार

आयोगले दर्ता ग¥यो एमाले, चुनाव चिन्ह उदाउँदो सूर्य

निर्वाचन आयोगले नेकपा एमाले नामको दल दर्ता गर्ने निर्णय गरेको छ। दर्तासँगै एमाले आयोगमा १३१ नम्बरको दल बनेको छ। झापाकी सन्ध्या तिवारीको अध्यक्षमा रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठ बताए । एमालेलाई उदाउँदो सूर्य चुनाव चिन्ह दिइएको छ। नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला गत असार दोस्रो हप्ता तिवारीको नेतृत्वमा एमाले दल दर्ताका लागि निवेदन परेको थियो। २०७५ साल जेठ २ गते तत्काली एमाले र माओवादी केन्द्रबीच… पुरा पढौ

निषेधाज्ञामै जीपको ठक्करले प्रहरीको मृत्यु

पोखरामा गएराति भएको सवारी दुर्घटनामा परी प्रहरी जवानको मृत्यु भएको छ भने अर्का प्रहरी हवल्दार घाइते भएका छन् ।  वडा प्रहरी कार्यालय बैदामबाट गस्तीमा खटिएको प्रहरी सवार ग१ब ३६९ नंको मोटरसाइकलाई गए राति १ः०५ बजेको समयमा प्रस्याङबाट मालेपाटन आउँदै गर्र्दा सोही दिशाबाट आएको ग२च २६२६ नंको बोलेरो जिपले प्रस्याङ विश्वास पेट्रोलपम्प नजिक ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पुर्याइएकामा मोटरसाइकल चालक प्रहरी जवान… पुरा पढौ

पोखरामा जनयुद्धका सहिद मास्टर साहेबको सम्झना

पोखरामा जनयुद्धका सहिद रामबृक्ष यादव मास्टर साहेबको सम्झना गरिएको छ । मंगलबार पोखरामा सहिद तथा वेपत्ता स्मृति स्पोर्टस स्कूलले श्रद्धाञ्जली सभा आयोजना गरेको हो । सभामा गण्डकी प्रदेश सभा सदस्य तेजकुमारी पौडेलले नेपालमा उत्पीडनको बिरुद्ध समाजवाद स्थापनाका लागि माओवादी पार्टी निर्माणको बिषयमा छलफल हुँदै गर्दा तत्कालीन राज्य संयन्त्रले रामबृक्ष यादवको कायरतापूर्वक हत्या गरेको बताइन् । देशमा प्राप्त अहिलेको उपलव्धि यादव लगायतका शहीदको सपना भएको उल्लेख गर्दै उनले निरन्तर जनताको पक्षमा… पुरा पढौ

संस्कृतिको कला

संस्कृति हुमागाई निकै मेहनती छन् । उनी पोखराको नयाँबजारमा बस्छिन । संस्कृति कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा ३ मा पढ्छिन । हामी पनि हेरौं उनीको प्रतिभा । हाम्रो अनुरोधनेपालदुतमा कविता, कथा, लेख, रचना छाप्न चाहने बाबुनानीहरु हामीलाई लेखेर वा फोटो खिचेर nepaldutnews@gmail.com मा इमेल पठाऊ । आफ्नो फोटो, नाम, ठेगाना र सम्पर्क नम्बर पनि पठाउन नभुल्नू ।अभिभावक, पाठक महानुभावहरु यहाँहरु आफ्ना नानीबाबुका सिर्जना, लेख, रचना छपाउन हामीलाई बालबालिकाको फोटो, ठेगाना,… पुरा पढौ

एकै दिन १ हजार १६ संक्रमित फेला

नेपालमा एकै दिन १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएकाे याे संख्या हालसम्मकै बढी हाे।  काठमाडौं उपत्यकामा भने २ सय ५ संक्रमित थपिएका छन् । पछिल्लो २४ घन्टामा १ हजार १६ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । संक्रमित हुनेको संख्या २८ हजार २ सय ५७ पुगेको छ। विगत २४ घण्टामा ८५ जना संक्रमित निको भइ घर फर्किएका छन्। यीसहित… पुरा पढौ

निषेधाज्ञा पालना गर्न महानगरको आग्रह

कोरोना भाइसरको जोखिम बढेपछि पोखरासहित कास्की जिल्लामा भदौ २ गते मंगलबार राति १२ बजेदेखि जारी भएको निषेधाज्ञालाई पूर्ण रुपमा पालना गर्न पोखरा महानगरपालिकाले अपील गरेको छ । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले मंगलबार अपील जारी गर्दै संक्रमण समुदाय स्तरमा फैलिने उच्च सम्भावना रहेकाले त्यसलाई रोक्न, कोरोनाको परीक्षण, कन्ट्राक टे«सिङ र उपचार विधिलाई प्रभावकारी बनाउन निषेधाज्ञा नै जारी गर्नैपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले यसको पूर्ण रुपमा पालना गरी सहयोग गर्न आम… पुरा पढौ

सावधानी अपनाउन पात्ले युवा क्लबको आग्रह

विश्वव्यापी माहामारीका बेला सावधानी अपनाउन पात्ले युवा क्लब पोखरा 19 ले आग्रह गरेको छ । क्लबका अध्यक्ष अर्जुन गौतमद्धारा हस्ताक्षरित अपिलमा दैनिक जनजीवन र आउँदै गरेका चाडपर्वमा पनि भीडभाड नगर्न, बाहिर नजान, अरुलाई नबोलाउन आग्रह गरिएको छ । पुरा पढौ

पोखरा १६ का एक संक्रमितको मृत्यु

पोखरा १६ का एक संक्रमितको मंगलबार मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको आइसोलनमा उपचारका क्रममा मृत्यु भएको हो । ३२ गते उपचारका लागि भर्ना भएका यी ८७ वर्षीय वृद्धमा मधुमेह, मृगौला लगायतका समस्या थिए ।सोमबार तनहुँको ब्यास १ की वर्ष ५० वर्षीया महिलाको मृत्यु भएको थियो। अब गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १७६५ पुगेको छ  पुरा पढौ

कोरोनाबाट कांग्रेस जिल्ला उपसभापतिको मृत्यु

कोरोना भाइरस संक्रमण भएका नेपाली कांग्रेस नवलपरासी उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा मंगलवार बिहान मृत्यु भएको हो । संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पताल लगेर उनलाई भेन्टिलेटरमा राखिएको थियो । पुरा पढौ

पोखराको अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

पोखराको कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । साउन ३२ गते देखी सो अस्पतालमा उपचार रत तनहुँ व्यास नगरपालिका १ कि ५० बर्षीय महिलाको मृत्यु पश्चात कोरोना पुष्टि भएको हो । उनको सोमबार राति साढे ११ बजे अस्पतालमै उपचारको क्रममा मृत्यु भएको थियो । मधुमेह र मुटुरोगको समस्या रहेकी उनलाई निमोनिया भएपछि अस्पतालमा ल्याइएको अस्पतालले जनाएको छ । मृत्यु पोखरामा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं