बागलुङको निषेधाज्ञा निष्प्रभावी, कडाई गर्ने प्रशासनको तयारी

बागलुङ बजारमा समुदाय स्तरमा कोरोना संक्रमित भेटिएसंगै त्रास बढेको छ । बागलुङ नगरपालिकाले वडा नं १, २, ३ र ४ मा निषेधाज्ञा जारी गरे पनि यो प्रभावकारी भएको छैन ।

मानिसहरूको आवतजावत बाक्लै छ भने सवारी साधनहरू पनि चलिरहेका छन् । फेन्सी, रेटुरेन्ट लगायतका ब्यबसायीले भित्रैबाट ब्यापार गरिरहेका छन् ।

लकडाउनलाई प्रभावकारी बनाउन जरुरी भएको छ । बागलुङका सिडिओ सुरेश न्यौपानेले अनुगमन गरी लकडाउनलाई प्रभावकारी बनाइने प्रतिवद्धता गरे ।

file pix