समाचार

बागलुङ बजार आंशिक ‘लकडाउन’ गर्ने प्रशासनको घोषणा

बागलुङमा बजारमा एक महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ बजारमा होटल चलाएर बस्ने महिलामा कोरोना देखिएपछि उनीकहाँ खाना, खाजा खानेहरूलाई पनि संक्रमण फैलिएको आशंकासहित कन्ट्याक्ट ट्रेसिङ भइरहेको नगरपालिकाले जनाएको छ । संक्रमित महिलाका श्रीमान् र दुई छोराछोरीको रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमित महिला होम क्वारेन्टाइनमा रहेकाले उनलाई धौलागिरि अस्पतालको आइसोलेसन कक्षमा लैजाने तयारी गरिएको छ । यसैबीच प्रजिअ सुरेश न्यौपानेको अध्यक्षतामा शनिबार बसेको आकस्मिक बैठकले आंशिक लकडाउन… पुरा पढौ

सिन्धुपाल्चोक पहिरोमा बेपत्ता मध्ये ५ बालक सहित ११ जनाको शव फेला – २७ जना बेपत्ता

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर–२, लिदीस्थित लामाटोलमा शुक्रबार बिहान गएको पहिरोबाट बेपत्ता ३८ मध्ये ११ जनाको शव भेटिएको छ । मृत्यु हुनेमा चार पुरुष, दुई महिला र पाँच बालक छन् । मृतकको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बेपत्ता २७ जनाको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयबासीले खोजी जारी राखेको प्रहरीले जनाएको छ । पहिरोले २७ घर पुरेको थियो । घटनास्थलबाट… पुरा पढौ

कोरोना संक्रमणबाट थप ३ को मृत्यु

नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १०२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएसंगै संक्रमणका कारण मृत्यु हुनेको संख्या १०२ पुगेको हो । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा दिईएको जानकारी अनुसार मृत्यु हुनेमा कपिलवस्तुका ४२ वर्षीय पुरुष, वीरगन्ज महानगरपालिका–१२ का ६० वर्षीय पुरुष र धनुषाको जनकनन्दनी गाउँपालिका–४ का ५० वर्षीय पुरुष रहेका छन् । मन्त्रालयले आज थप ३ जनाको… पुरा पढौ

बागलुङका जिल्ला समन्वय समितिका प्रमुखलाई कोरोना संक्रमण

बागलुङका जनप्रतिनिधिमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार क्षयरोग उपचार केन्द्रको प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा जिल्ला समन्वय समिति बागलुङका प्रमुख र बडिगाड गाउँपालिका वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएको हो । प्रमुखको कन्ट्रयाक्ट ट्रेसिङमा कोरोना परीक्षण गर्दा कोरोना देखिएको हो । उनी केही दिन पहिले चितवन पुगेर आयका थिय । चितवनबाट फर्के लगतै होम क्वारेन्टीनमा रहेकाले अन्य व्यक्तिसँग संपर्क नभएको बताईएको छ । जनप्रतिनिधीमा कोरोना संक्रमण देखिपछि आवश्यक… पुरा पढौ

पोखरामा थप ८ जना काेराेना संक्रमित फेला

पोखरामा थप ८ जनामा कोरोना संक्रमण फेला परेको छ । अध्यावधिक विवरण अनुसार पोखरा १, १४, १०, २७ र १७ वार्ड मा गरी थप ८ जनामा संक्रमण संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार विज्ञप्ति जारी गरी जनाएको छ। पोखरा वडा १ मा २५ वर्षका २ पुरुष, १४ मा २५ र ३५ वर्षका २ पुरुष, १० मा १८ वर्षका १ पुरुष, २७ मा १८ र ३० वर्षका २ पुरुष र… पुरा पढौ

भारतमा संक्रमित संख्या २५ लाख नाघ्यो

संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार छ सय नौ जना नयाँ बिरामी थपिएसँगै संक्रमितको संख्या २५ लाख १५ हजार दुई सय २२ पुगेको हो । भारत विश्वमा कोरोनाबाट प्रभावित हुनेमध्ये तेस्रो नम्बरमा छ । कोरोनाका कारण भारतमा ४९ हजार एक सय ३४ जनाको मृत्यु भइसकेको छ । १८ लाख सात हजार पाँच… पुरा पढौ

लिदीमा पहिरोः ‘पानी लिन जाँदा भाग्यले बाँचें’

जुगल गाउँपालिका–२ लिदीकी सुष्मा तामाङको परिवार केही दिनदेखि गाउँपालिकाले उपलब्ध गराएको टेन्टमा केही समय देखी बस्दै आएको थियो । पहिराको कारण बस्ती जोखिममा परेपछि तामाङका बुबा आमा सहितको परिवार २७ असारदेखि बेलुकी सुत्न टेन्टमा जाने गरेका थिए । बिहान सबेरै उठेर परिवार सहित सुष्मा पनि घरमा गएकी थिइन् । ‘म पानी लिन गएकी थिएँ, बुबाआमा र भाइबहिनीहरू घरमै थिए । एक्कासि पहिरो आएर सबैलाई पु¥यो,’ सुष्माले रुँदै भनिन्, ‘मचाँहि पानी… पुरा पढौ

पोखरामा बैकका कर्मचारीमा कोरोना संक्रमण

साउन २७ गते पोखराका ५ मा रहेको एक सहकारीमा कार्यरत महिलालाई कोरोना संक्रमण देखीयो । पोखराको फेवा सिटि अस्पतालमा उपचाररत महिला र उनका छोरामा कोरोना पुष्टि भएको थियो । पोखराको सृजना चोकमा रहेको कामना सेवा बैंकमा कार्यरत उनका श्रीमान् र छोरीलाई पनि शनिबार कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए । उनीहरुलाई आइसोलेसन लैजान तयारी भइरहेको उनले बताए । बैंकका कर्मचारीमा… पुरा पढौ

मुख्यमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता

प्रदेश सरकारबाट स्वीकृत कार्ययोजना बमोजिम वार्षिक विकास कार्यक्रममा परेका कार्यक्रम तथा आयोजनाहरूको निर्धारित लागत, समय, परिमाण र गुणस्तरमा सम्पन्न गर्ने व्यवस्था गर्न प्रदेश सुशासन ऐन, २०७६ को दफा १८ मा भएको व्यवस्था बमोजिम मुख्यमन्त्रीसँग मन्त्री लगायत प्रदेश सरकारका पदाधिकारीको कार्यसम्पादन सम्झौता भएको छ। प्रदेश सरकारले सम्पादन गर्नुपर्ने कुनै काम निश्चित अवधिभित्र सम्पादन गरिसक्नु पर्ने वा निश्चित परिमाणको उपलब्धि हुने गरी सम्पादन गर्नुपर्ने भएमा वा प्रदेश सरकारको प्राथमिकताप्राप्त कुनै कार्यक्रम वा… पुरा पढौ

२४ घण्टामा थपिए ५ सय २५ जना संक्रमित

नेपालमा ५ सय २५ जना कोरोना संक्रमित थपिएका छन् । गएको २४ घण्टामा देशका ३८ प्रयोगशालामा भएको परीक्षणमा ५ सय २५ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार हाल सक्रिय संक्रमित र निको भएर गएकासहित कुल संक्रमितको संख्या २४ हजार ९ सय ९७ जना पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ८ हजार २५ रहेको छ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं