समाचार

हिसान कास्की सहसचिव चापागाईँको निधन

हिसान कास्कीका सहसचिव एवं स्पाइरल ग्यालेक्सी स्कुल सिम्पानी पोखराका संस्थापक, प्रिन्सिपल नारायण शर्मा चापागाईंको ४२ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ग्रयान्डी अस्पतालमा सोमबार बिहान साढे ८ बजे उनको निधन भएको हो । चापागाईलाई जन्डिस र टाइफाइड भएको पारिवारिक स्रोतले जनाएको छ । पोखरामा केही दिन उपचारपछि उनलाई गत शुक्रबार ओम हस्पिटल काठमाडौं लगिएको थियो । ओमले रिफर गरेपछि आइतबार उनलाई थप उपचारका लागि राजनधानीकै ग्रयान्डी इन्टरनेसनल अस्पताल लगिएको… पुरा पढौ

ढोरपाटनका इन्जिनियर मिलन अधिकारीविरुद्ध मुद्दा दायर

उपभोक्ता समितिबाट भएको सडक निर्माण सम्बन्धी योजनामा भुक्तानी दिएबापत बिभिन्न बहाना बनाई १ लाख घूस लिइसकेपछि उनी पक्राउ परेका थिए । अख्तियार पोखराबाट खटिएको टोलीले उनलाई पोखराकै जिरो किमीबाट नियन्त्रणमा लिएको थियो । अधिकारीले सेवाग्राहीसँग गुजा सिलगुम ओखरधारा खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मुल्याङ्कन बनाउने प्रयोजनको लागि एक लाख लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर गरेकाले उनी विरुद्ध आइतबार विशेष अदालतमा… पुरा पढौ

पिएन क्याम्पको मुल गेटमा ताला

त्रिभुवन विश्वविद्यालयको ईतिहासमै पहिलोपटक आशिंक शिक्षकले समान कामको समान ज्यालाको माग गर्दै पृथ्वीनारायण क्याम्पसको मुल गेटमा अनिश्चितकालीन तालावन्दी गरेका छन् । विगत १४ वर्ष देखि समान कामको समान ज्याला माग्दै आएका आशिंक शिक्षकहरुले चरण वद्ध आन्दोलन गरेपनि त्रिभुवन विश्वविद्यालय र क्याम्पस प्रशासन गैह्र जिम्मेवार वनेको भन्दै आन्दोलन स्वरुप अनिश्चित कालका लागि ताला लगाएको हो । दैनिक दुई सय भन्दा कम शुल्कमा नियमित पठनपाठन गराई रहेका आशिंक शिक्षकहरुले गत वर्षको माघ… पुरा पढौ

संक्रामक तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको उपचार सुरु

हालै गण्डकी प्रदेशले स्वामित्व लिएको लेखनाथको अस्पतालबाट कोभिड १९ संक्रमतिको उपचार सुरु भएको छ । पोखराको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्ष भरिएपछि यसको विकल्पमा लेखनाथको अस्पतालमा कोभिडका बिरामीको उपचार थालिएको हो । लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व लिएर प्रदेशले यसलाई संक्रामक तथा सरुवा रोग अस्पताल बनाएको हो । यहाँ आइतबारबाटै कोभिडका बिरामी राखिने गण्डकीका स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । पहिला कर्मचारीलाई तालिम दिइने र त्यसपछि बिरामी… पुरा पढौ

पोखरा १९ का ६२ वर्षीय संक्रमितको मृत्यु

पोखरा महानगरपालिका १९ का ६२ वर्षीय पुरुष कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण ज्यान गुमाउने उनी पहिलो कस्केली हुन् । उनको शनिबार राति साढे ११ बजे उपचारका क्रममा मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए । मधुमेहका समेत बिरामी उनी साउन १७ गतेबाट प्रतिष्ठानको आइसियुमा उपचाररत थिए । सच्चाइको लापरवाहीले फैलियो पोखरा १९ मा कोरोना कोरोना निको बनाउँछु भन्ने धर्मगुरुको कोरोनाबाटै मृत्यु पोखरा स्वास्थ्य… पुरा पढौ

माडीमा सीतारामको भव्य मन्दिर बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गर्नुभएको माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिइन् । उनका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ… पुरा पढौ

लायन्स फेवा फूलबारीको वृक्षारोपण र सरसफाई

लायन्स क्लब अफ फेवा फूलबारीले शनिबार पोखरा १९ घार्मी डाँडाको ऊकारेश्वर मन्दिर परिसरमा वृक्षारोपण, गोडमेल र सरसफाइ गरेको छ । हरियाली प्रवद्र्धन गरी वातावरण संरक्षणमा योगदान पु¥याउने मुख्य लक्ष्यका साथ कार्यक्रम गरिएको हो । कमल, वेल, कपुर, रूद्राक्ष ,अमला, अम्बा लगायत बिभिन्न जातका ५० वटा विरुवा रोपिएको छ । क्लबले २ दुई वटा डस्टबिन वितरण मन्दिर व्यवस्थापन समितिलाई गरेको छ । लायन्स डिष्टिक ३२५ बि १ का डिपार्टमेन्ट चिफ छविलाल… पुरा पढौ

सच्चाइको लापरवाहीले फैलियो पोखरा १९ मा कोरोना

पोखरा १९ मा शुक्रबार एकै पटक ६ जनामा कोरोना संक्रमण पुष्टि भयो । ६७ जनाको स्वाब संकलन गरिएकोमा ६ जनामा कोरोना पोजेटिभ देखिएको हो । तीमध्ये ४ जना सच्चाईमा जानेहरु हुन् । अरु २ जना भने सच्चाइएको सत्संगमा जानेहरुको सम्पर्कमा आएका मानिस हुन् । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएका पोखरा १९ संक्रमित ६२ वर्षीय पुरुषले आफ्नो घरमै सच्चाइको सत्संग चलाएका थिए । मानिसलाई असाध्य रोगहरुसमेत प्रार्थनाबाट निको हुने प्रलोभन… पुरा पढौ

पोखरा महानगरमा थपिए ११ संक्रमित

शनिबार बिहान अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घन्टामा पोखरा महानगरका ११ संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा पोखरामा ११ सहित ३२ जना नयाँ सक्रंमित थपिएका हुन् । प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीले कास्कीका संक्रमित ११ जनै पोखरा महानगरका भएको जानकारी दिइन् । पुरा पढौ

पोखरा प्रज्ञा प्रतिष्ठान गठनका लागि छनोट समिति गठन

पोखरा महानगर अन्तर्गत गठन हुने पोखरा प्रज्ञा प्रतिष्ठान बनाउन छनोट समिति गठन भएको छ । पोखरा प्रज्ञा प्रतिष्ठान ऐन बमोजिम महानगर प्रमुख स्तरीय निर्णयबाट बिहीबार समिति गठन भएको हो । छनौट समिति संयोजकमा रामचन्द्र बराल, सदस्य भरत पौडेल र सदस्य सचिव मनकुमार श्रेष्ठ छन् ।समितिले १ महिनाभित्र नाम सिफारिस गर्नेछ । प्रतिष्ठानका लागि कुलपति, उपकुलपति तथा प्राज्ञ सदस्य छनोट गरी समितिले सिफारिस गर्नेछ । पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं