तिमिल्सिनाको स्मृतिमा शोकसभा

नेपाल कम्यूनिष्ट पार्टी पुराना नेता, समाजसेवी, तिमिल्सिना समाजका संस्थापक दुर्गा दत्त तिमिल्सिनाको स्मृतिमा शोकसभा गरिएको छ ।

पोखरा–१८ सराङ्गकोटमा वि.सं. २०१२ सालमा जन्मिएका तिमिल्सिनाले पहिलो सामुदायिक विद्यालय संचालन गरी स्थानीय स्तरमा शिक्षाको थालनी गरेका थिए ।

वि.सं. २०४७ र २०६२÷०६३ को जन –आन्दोलनमा शान्तिपूर्ण देशव्यापी पदयात्रा समेत गरेका तिमिल्सिनाले पछिल्लो समय सराङ्गकोटको धार्मिक पर्यटन क्षेत्रविकास समिति, भजन मण्डली मार्फत लोक सांस्कृति संरक्षणमा लागेका थिए ।

स्मृति सभामा सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेम बहादुर जि.सी.को सभापत्तित्वमा भएको कार्यक्रममा नेपाल लेखापढी कानुन व्यवसायी एशोसियसन गण्डकी प्रदेशका लेखा संयोजक दिल्लीरमण पौडेल, जिल्ला अध्यक्ष खडानन्द लामिछाने, रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापा, नेपाली कांग्रेस वडा सभापति शिव प्रसाद तिमिल्सिना, जनजागृत मा.वि.का अध्यक्ष दिल बहादुर जि.सी, पूर्व अध्यक्ष उमानाथ चपाई, समितिका उपाध्यक्ष मिन बहादुर थापा, महासचिव शम्सेर बहादुर थापा, सल्लाहाकार मे.शम्मर बहादुर थापा, पूर्ण प्रसाद तिमिल्सिना लगायतले तिमिल्सिनाको योगदानको चर्चा गरेका थिए । स्वर्गीय तिमिल्सिनाको आमा, श्रीमति, १ छोरा र ५ छोरीहरु रहेका छन् ।