कान्तिपुरका सहायक सम्पादक बानियाँ मृत फेला

कान्तिपुर दैनिकका सहायक सम्पादक बलराम बानियाँ मृत फेला परेका छन् । तनहुँ घर भएका बानियाँ सोमबार साउन २६ गते ढुंगेअड्डा तीनथानबाट हराएका थिए ।

बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको प्रहरीले जनाएको छ । महानगरीय अपराध महाशाखाका प्रहरी बरिष्ठ उपरीक्षक दीपक थापाले बानियाँ शव फेला परेको बताए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।