हिसान कास्की सहसचिव चापागाईँको निधन

हिसान कास्कीका सहसचिव एवं स्पाइरल ग्यालेक्सी स्कुल सिम्पानी पोखराका संस्थापक, प्रिन्सिपल नारायण शर्मा चापागाईंको ४२ वर्षको उमेरमा निधन भएको छ ।

काठमाडौंको ग्रयान्डी अस्पतालमा सोमबार बिहान साढे ८ बजे उनको निधन भएको हो । चापागाईलाई जन्डिस र टाइफाइड भएको पारिवारिक स्रोतले जनाएको छ । पोखरामा केही दिन उपचारपछि उनलाई गत शुक्रबार ओम हस्पिटल काठमाडौं लगिएको थियो ।

ओमले रिफर गरेपछि आइतबार उनलाई थप उपचारका लागि राजनधानीकै ग्रयान्डी इन्टरनेसनल अस्पताल लगिएको थियो । पर्वतको ज्ञादीमा जन्मिएका चापागाईंको परिवारमा बुवा, आमा, श्रीमती, १ छोरा र १ छोरी छन् ।

यसैबीच, हिसान कास्कीले सहसचिव चापागाईंको निधनप्रति शोक व्यक्त गरेको छ । हिसान कास्की अध्यक्ष डा रामजी शर्माले घटनाले समस्त कास्की जिल्लाको शिक्षा क्षेत्रलाई मर्माहत बनाएको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।