कास्कीमा ५ दिन निषेधाज्ञा थप

कास्कीमा लगाइएको निषेधाज्ञा ५ दिनका लागि थपिएको छ । प्रशासनले निषेधाज्ञाको मोडालिटीमा भने सामान्य परिवर्तन गरेको छ ।

आवश्यक कर्मचारीसहित सरकारी कार्यालय, बैक र निर्माण सामग्रीका पसल खोल्न अनुमति दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले भदौ ३ देखि ७ गतेसम्ममा लागि लगाएको निषेधाज्ञा अब १२ गते राति १२ बजेसम्म जारी रहनेछ ।

आइतबार बिहान पोखरा महानगरको कोरोना रोकथाम मूल समितिले महानगरमा निषेधाज्ञा थप्नका लागि सिफारिस गरेको थियो ।