पुर्वाञ्चल विश्वविद्यालय, नोभेल एकेडेमीमा हल्ट प्राइज २०२०-२१ को तयारी

पुर्वाञ्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा हुन गइरहेकाे हल्ट प्राइज २०२०/२१ को तयारी सुरु भएकाे छ । “फुड फर गुड” भन्ने नाराका साथमा पुर्बान्चल विश्वविद्यालय, नोभेल एकेडेमी पोखरामा डिसेम्बर पहिलाे हप्ता आयोजना हुने याे हल्ट प्राइजकाे तयारी सुरु भएकाे हाे ।

बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गर्दछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको क्याम्पस निर्देशक बरुन छेत्रीले सफल आवाजलाई बताए ।

यस कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न क्याम्पस निर्देशक बरुन छेत्री तथा क्याम्पस उपनिर्देशक मनमोहन रिमालको संयुक्त संयाेजनमा कार्य समिती समेत गठन भइसकेको छ। क्याम्पस उपनिर्देशक मनमोहन रिमालले आगामी कार्यक्रमहरुमा बिध्यार्थीहरुलाइ आवश्यक पर्ने तालिमको ब्यबस्था समेत क्याम्पस समितीले गर्ने बताए।

नोभेल एकेडेमी पोखरामा हुने यस कार्यक्रममा विश्वविद्यालयका सम्पूर्ण आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा स्नातक वा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरुले तीन वा चार जनाको एउटा समूह बनाई सहभागी हुन पाउनेछन।

पुर्बान्चल विश्वविद्यालयले २०१८ देखि यस प्रतियोगिताको आयोजना गर्दै आएको छ । पुर्बान्चल विश्वविद्यालयकाे सम्बन्धन पोखरामा प्रतिनिधित्त्व गर्दै याे हल्ट प्राइज २०२०/२१ पहिलो पटक सन्चालन हुन लागेको नोभेल एकेडेमी पाेखराका प्रमुख कार्यकारी अधिकृत तथा याे प्रतियोगिताका सल्लाहकार बिश्वेश्वर आचार्यले बताए। कलेजका बिधार्थीले यो कार्यक्रम मार्फत उद्दमशिलताका नबिनतम सोच र योजनाहरु प्रस्तुत गर्न पाउने महत्वपुर्ण अवसर आचार्यले स्पष्ट पारे ।

कार्यक्रमलाई नोभेल एकेडेमी,नोभेल फाउण्डेशन, युनुश सोशियल बिजनेस सेन्टरले सहयोग गरेका छन।