अनेरास्ववियु नेता सापकोटाको समन्वयमा फुड सेन्टर

विद्यार्थी, युवा राजनीतिक परिवर्तनका मात्र संवाहक होइनन्, महासंकट र देशको निर्णायक अवस्थामा पनि जनताका सहयात्री हुन् ।

कोरोना कहरले जनजीवन पूर्ण प्रभावित भएका बेला पोखरामा अनेरास्ववियु नेता क्षितिज सापकोटाको समन्वयमा फुड सेन्टर अभियान थालिएको छ । दैनिक ज्याला मजदुरी गर्ने र निषेधाज्ञाका कारण छाक टार्नसमेत समस्या परेकाहरुलाई मध्यनजर गरी सहिद बेपत्ता स्मृति स्पोर्ट्स स्कूलको सहकार्यमा पोखराको गणतन्त्रिक चोकमा फुड सेन्टर सञ्चालन गरिएको हो ।

आफूसँग खाद्यान्न हुनेले दिएर जाने तथा नहुने ले लिएर जाने हुँदा अभियान प्रभावकारी बनेको नेता सापकोटाले बताए । सापकोटाले भने, ‘राहत बितरण प्रचारका लागि नभई जीवन धान्न सहयोगी हुनुपर्ने र जो कोहिलाई पनि भोकै बस्न पर्ने अवस्था आउन यो अभियान चलाएका हौं ।’

फुड सेन्टरमा मास्क, सेनिटाइजरका साथै खाद्यान्न राखिएको छ । अभियान १ हप्तासम्म पोखराका विभिन्न ठाउँमा चलाइनेछ ।