गोदावरीका प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्दा

ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैसी र सबइन्जिनियर किशोरकुमार मोक्तान विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

निर्माणाधिन आयोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग एक लाख पचास हजार घूस लिइसकेपछि अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । उनीहरुले निर्माण कार्य सम्पन्न भएको कामको बिल भुक्तानी दिनको लागि घुस गरी नदिएमा बिल भुक्तानी गर्न नसक्ने भनी चेकहरु नदिई रोकी राखेका थिए ।