कोरोनाबारे सचेतना जगाउँदै सयपत्री युवा क्लब

सयपत्री युवा क्लबलो मादी गाउँपालिका ६ थाकमा कोरोना महामारीबारे सचेतना र मास्क वितरण गरेको छ ।

क्लबका अध्यक्ष योगबहादुर क्षेत्री (रवि)ले निषेधाज्ञा समाप्त भए पनि बाटो हिड्ने मानिसलाई सचेतनामूलक काम गरिरहेको बताए । उनले बाटोमा हिड्ने मानिसलाई अनिवार्य रूपमा माक्स लगाएर मात्र हिड्न, अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन, निस्कनै परेको खण्डमा सुरक्षा उपाय अपनाउन क्लबले अनुरोध गरिरहेको जानकारी दिए ।