समाचार

अहिलेका कानुन नै ५० प्रतिशत भ्रष्टाचारका कारक : विडारी

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारयण विडारीले विद्यमान ऐनहरु नै भ्रष्टाचारको कारक बनेको दाबी गरेका छन् । उनले नेपाल कानून समाजको प्रतिवेदन बुझ्दै ऐनहरुको व्यापक दुरुपयोग भएको बताए । उनले भने, ‘विद्यमान ऐनहरुको व्यापक दुरुपयोग भएका कारण नेपालमा भ्रष्टाचार बढी हुने गरेको छ ।’ सरकारले ल्याएका हरेक विधेयकहरु जस्ताको त्यस्तै पारित गर्ने परिपाटीले संसदको औचित्य छ कि छैन भन्ने प्रश्न पनि उठाउने गरेको उनको भनाइ छ । पुरा पढौ

दोबिल्लाका सुरेन्द्र १८ वर्षपछि पक्राउ

पोखरा १७ दोबिल्लाका सुरेन्द्र गिरी सवारी ज्यान मुद्दामा सजाय फैसला भएको १८ वर्षपछि पक्राउ परेका छन् । ४२ वर्षीय गिरीलाई बुधबार कास्की प्रहरीले पक्राउ गरेको हो । सवारी ज्यान मुद्दामा चितवन जिल्ला अदालत र पुनरावेदन अदालत हेटौडले उनलाई २०५९ सालमा ४ वर्ष ११ महिना ५ दिन कैद सजाय हुने फैसला गरेका थिए । त्यसयता फरास उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले दोबिल्लाबाट पक्राउ गरी कास्की जिल्ला अदालतमा पेश… पुरा पढौ

पहिरो पीडितलाई राष्ट्रिय युवा संघ कास्कीको सहयोग

राष्ट्रिय युवा संघले कास्कीले भदौ १९ गतेको वर्षासँगै गएको पहिरोबाट पीडिट मानबहादुर थापालाई सहयोग गरेको छ । जनयुद्धका सहिद सुरेश वाग्ले वासु र भीमसेन पोख्रेल बैरागीको स्मृतिमा संघले पोखरा १८ सराङ्कोटका थापालाई नगद १० हजार सहयोग गरेको हो । पहिरोले उनको घरमा क्षति पुगेको थियो । संघका संयोजक तथा नेकपा जिल्ला सचिवालय सदस्य भोजराज पौडेल र नेकपा सराङ्कोट अध्यक्ष पुस्कलबहादुर थापाले उनलाई रकम हस्तान्तरण गरे । पौडेलले जनयुद्धका क्रममा २०५६… पुरा पढौ

वासु स्मृति दिवसमा साताव्यापी रक्तदान

राष्ट्रिय युवा संघ नेपाल कास्कीको आयोजनामा पोखरामा २१ औँ सुरेश वाग्ले (वासु) र भीमसेन पोखरेल (वैरागी)को स्मृति दिवस मनाएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा शहीद गोर्खामा शहीद भएका दुबै जनाको स्मृतिमा युवा संघले आयोजना गरेको सप्ताहव्यापी रक्तदान कार्यक्रमको समापन तथा श्रद्धाञ्जली कार्यक्रम मंगलबारबार भएको छ । कार्यक्रममा नेकपा गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले शहीदद्धयको बलिदान वर्ग संघर्ष र निष्ठाको प्रतिक रहेको बताउँदै वासुु जहिले पनि… पुरा पढौ

भालुको आक्रमणबाट घाइते वृद्धलाई उपचारमा समस्या

माडी नगरपालिका वडा नम्बर ९ बाँदरझुलामा भालुको आक्रमणबाट एक जना घाइते भएका छन् । आईतवार दिउँसो घर नजिकको जंगलमा घाँस काट्न गएका गएको बाँदरझुलाका ६० बर्षिय धनबहादुर मगरलाई भालुले आक्रमण गरेको हो । भालुले आक्रमण गर्दा घाइते मगरको टाउँको, दायाँ हात र खुट्टामा गम्भीर चोट लागेको सुकुम्बासी संघर्ष समिति बाँदरझुलाका अध्यक्ष राजकुमार चेपाङले जानकारी दिए ।गम्भीर घाईत भएका मगरको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तर, अहिले आर्थिक अभावका कारण… पुरा पढौ

जिप खोलामा खस्यो, २ जनाको मृत्यु

तनहुँको ऋषिङ गाउँपालिका–१ देउलीखोलामा आज जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउँपालिका–८ का ३२ वर्षीय होमबहादुर श्रेष्ठ र व्यास नगरपालिका–५ का राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जीप चालक होमबहादुरको घटनास्थलमै र राजकुमारको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार जीपमा सवार अन्य ६ जना घाइतेमध्ये… पुरा पढौ

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा ढकाल नियुक्त

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा टीका ढकाल नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी हुन्। ढकालले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन्। पाँचथरमा जन्मेर हाल भक्तपुर बस्दै आएका युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन्। विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आएका उनी अब राष्ट्रपतिका सञ्चार विज्ञको मुख्य भूमिकामा रहनेछन्। ढकाललाई ‘सूचना र सञ्चारसहित तोकिएको जिम्मेवारी पूरा… पुरा पढौ

जंगलको बाटो हिडिरहेकी युवतीलाई बलात्कार आरोपमा पक्राउ

पोखरा २० भलामका ३५ वर्षीय गणेश खत्री पक्राउ परेका छन् । खत्रीले शनिबार साँझ पौने ९ बजे जंगलको बाटो हिडिरहेकी एक युवतीलाई डर, धम्की दिएर जबर्जस्ती गरेको प्रहरीको आरोप छ । १८ वर्षीया ती युवती बलात्कार आरोपमा खत्रीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता सुवास हमालले जानकारी दिए । खत्री बिरुद्ध जबरजस्ती करणी उद्योगसम्बन्धी कसुर अन्तरगत अनुसन्धान भइरहेको हमालले बताए । पुरा पढौ

सेवा केन्द्रहरु खारेज, पुरानो दमकलको जग्गामा महानगरको भवन बन्ने

पोखरा महानगरले विभिन्न स्थानमा रहेका ५ वटा सेवा केन्द्र खारेज गरेको छ । महानगरले वडा कार्यालयहरुमा नै आर्थिक अधिकार प्रत्यायोजन गरी ती कार्यालयहरु खारेज गरेको हो । पोखरा महानगरपालिको ४१ औं कार्यपालिका बैठकले महानगरपालिकाको अहिलेको भवन जीर्ण र साँघुरो भएकाले पोखरा ८ मा नयाँ भवन बनाउने निर्णयसमेत गरेको छ । बैठकले वडा नं ८ को पुरानो दमकल कार्यालयको जग्गामा महानगरको नयाँ भवन बनाउने निर्णय गरेको हो । बिहीबार भएको बैठकले… पुरा पढौ

कोरोना संक्रमितको उपचार गर्दै चरक मेमोरियल हस्पिटल

पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत् कोरोना संक्रमित एक बिरामी निको भइ घर फर्केकी छन् । पोखराको लेखनाथकी २० वर्षीया अञ्जली गुरुङ करिब १५ दिनसम्म उपचारपछि निको भइ शुक्रबार घर फर्केकी हुन् । उनलाई पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले अस्पताल परिसरमा आयोजित एक समारोहमा खादा लगाई बिदाइ गरे । पूर्व मन्त्री अधिकारीले निजी क्षेत्रमै कोभिड–१९ को उपचारमा सक्रियता देखाई अस्पतालले निको बनाइ पठाउनु आफूमा सकारात्मक कार्य… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं