भैसी चराउन जाँदा बाघको आक्रमण, वृद्ध घाइते

पर्वतको मोदी गाउँपालिकामा भैसी चराउन गएका एक वृद्धलाई बाघले आक्रमण गरेको छ ।

घरबाट नजिकैको जंगलमा भैसी चराउन गएका बुद्धिबहादुर गुरुङलाई आइतबार बिहान १० बजेतिर बाघले आक्रमण गरेको हो । मोदी १ को भुकदेउरालीका ७४ वर्षीय गुरुङको नयाँपुलमा उपचार भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

file pix