प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति रामनारयण विडारीले विद्यमान ऐनहरु नै भ्रष्टाचारको कारक बनेको दाबी गरेका छन् ।
उनले नेपाल कानून समाजको प्रतिवेदन बुझ्दै ऐनहरुको व्यापक दुरुपयोग भएको बताए । उनले भने, ‘विद्यमान ऐनहरुको व्यापक दुरुपयोग भएका कारण नेपालमा भ्रष्टाचार बढी हुने गरेको छ ।’
सरकारले ल्याएका हरेक विधेयकहरु जस्ताको त्यस्तै पारित गर्ने परिपाटीले संसदको औचित्य छ कि छैन भन्ने प्रश्न पनि उठाउने गरेको उनको भनाइ छ ।






