खानेपानी संस्थान पोखराका कर्मचारी २५ हजारसहित पक्राउ

पोखराको खानेपानी संस्थानमा कार्यरत एक कर्मचारी घुससहित पक्राउ परेका छन् ।

खानेपानी संस्थान विन्ध्यवासिनी इकाई कार्यालयमा कार्यरत कृष्णहरि वाग्लेलाई अख्यिारले २५ हजार घुससहित पक्राउ गरेको हो । अख्तियारले उनलाई बगर, ट्याक्सीचोकको एक रेष्टुरेन्टबाट उनलाई पक्राउ गरेको हो ।

खानेपानी शुल्क तिर्न जाँदा उपभोक्तासँग विभिन्न बहानामा वाग्लेले घुस मागेको र उनलाई रंगेहात नियन्त्रणमा लिएको आयोग प्रबक्ता तारानाथ अधिकारीले बताए । वाग्ले करारका कर्मचारी हुन् ।