राष्ट्रिय युवा संघले कास्कीले भदौ १९ गतेको वर्षासँगै गएको पहिरोबाट पीडिट मानबहादुर थापालाई सहयोग गरेको छ ।
जनयुद्धका सहिद सुरेश वाग्ले वासु र भीमसेन पोख्रेल बैरागीको स्मृतिमा संघले पोखरा १८ सराङ्कोटका थापालाई नगद १० हजार सहयोग गरेको हो । पहिरोले उनको घरमा क्षति पुगेको थियो ।
संघका संयोजक तथा नेकपा जिल्ला सचिवालय सदस्य भोजराज पौडेल र नेकपा सराङ्कोट अध्यक्ष पुस्कलबहादुर थापाले उनलाई रकम हस्तान्तरण गरे । पौडेलले जनयुद्धका क्रममा २०५६ भदौ २३ गते सहादत प्राप्त गर्ने बासु र बैरागीको स्मृतिमा सहयोग हस्तान्तरण गरिएको बताए ।
कार्यक्रममा जिल्ला सचिवालय सदस्य राजु तिमिल्सिनाले बिपदका घटना बढेकाले जोखिमयुक्त ठाउँ पहिलो नै पहिचान गरी क्षति कम गर्न जनप्रतिनिधिलार्इ सुझाव दिए । नेकपा महानगर कमिटी कार्यलय सदस्य भानुभक्त अधिकारीले अवैज्ञानिक रुपमा गरिने विकासका कारण बाढी, पहिरो जस्ता विपत्ति बढेको बताए ।
नेकपा सराङ्कोटका पार्टी अध्यक्ष पुस्कल थापाले बाढी, पहिरोको तत्कालीन रुपमा ब्य्वस्थापन गर्न टोल टोलमा बिपद रोकथाम समिति निर्माण गर्न थालिएको उल्लेख गरे ।
वडा अध्यक्ष रणबहादुर थापाले बिपदको दिगो व्यवस्थापनका लागि प्रत्येक टोलमा १ युवा छ्नोट गरी उनीहरुलार्र्इ बिपद ब्यवस्थापनका लागि आवस्यक तालिम दिन थालिएको बताए ।
राष्ट्रिय युवा संघ नेपाल कास्की र नेकपा पोखरा १८ को सहकार्यमा आयोजना गरिएको कार्यक्रमको सहजीकरण नेकपा सराङ्कोटका पार्टी सचिव प्रजापति अधिकारीले गरेका थिए ।






