पोखरा महानगरले विभिन्न स्थानमा रहेका ५ वटा सेवा केन्द्र खारेज गरेको छ । महानगरले वडा कार्यालयहरुमा नै आर्थिक अधिकार प्रत्यायोजन गरी ती कार्यालयहरु खारेज गरेको हो ।
पोखरा महानगरपालिको ४१ औं कार्यपालिका बैठकले महानगरपालिकाको अहिलेको भवन जीर्ण र साँघुरो भएकाले पोखरा ८ मा नयाँ भवन बनाउने निर्णयसमेत गरेको छ । बैठकले वडा नं ८ को पुरानो दमकल कार्यालयको जग्गामा महानगरको नयाँ भवन बनाउने निर्णय गरेको हो ।
बिहीबार भएको बैठकले उप प्रमुखसंग महिला कार्यक्रम कोष संचालन निर्देशिका, कृषि बजार निर्देशिका २०७७, व्यवसाय करसम्बन्धी कार्यविधि २०७७, घरवहाल कर व्यवस्थापन कार्यविधि २०७७, विज्ञापन कर संकलन कार्यविधि २०७७ पारित गरेको छ ।
महानगरपालिकाबाट नक्शा पास भएका भवनको घर बनाउनु पर्ने ४ वर्षे म्याद लकडाउन भएको अवधिमा समाप्त भएकाको हकमा ४ चार महिना म्याद थप भएको छ । फोहर मैला व्यवस्थापन सम्बन्धमा नयाँ खाका तयार गर्न वडा नं १३ वडा अध्यक्ष लेखबहादुर तामाङ्गको अध्यक्षतामा बनेको समितिलाई दुई महिनाको थप समय दिई जिम्मेवारी दिने निर्णय समेत गरेको छ ।
पोखरा २९ को कित्ता नं। ३९०१, ३९०२, ३९०३ को नेपाल सरकारको नाउंमा रहेको जग्गामा महानगरपालिकाको प्राबिधिक शिक्षालय स्थापना गर्न उक्त जग्गा भोगाधिकारका लागि संघीय सरकारसँग माग गर्न जिल्ला प्रशासन कार्यालय कास्की र मालपोत कार्यालय कास्कीमा सिफारिस गरिने भएको छ ।
पोखरा महानगरपालिका मुख्य शहरका महत्वपूर्ण क्षेत्र तथा प्रबेश नाकामा एकिकृत र बृहतस्तरमा सिसिटिभी राख्ने र लागत साँझेदारी गरी प्रबिधिको माध्यमबाट सुरक्षा व्यवस्था गरिने भएको छ । यसका लागि प्राबिधिक पक्ष र आर्थिक पक्ष अध्ययन गरी प्रतिबेदन पेश गर्न वडा नं ४ का वडा अध्यक्ष शंकर बास्तोलालाई जिम्मेवारी दिइएको छ ।
महानगरपालिकामा कार्यरत अस्थायी र ज्यालादारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दा कार्यालयलाई के कति दायीत्व थप हुन्छ भन्नेबारे पनि महानगरले अध्ययन गर्ने भएको छ ।
साबि लेखनाथ नगरपालिकामा रहेका तालहरुको मापदण्ड अध्धयन गर्न समिति गठन भएको छ । भुगोलविद डा सोमनाथ सापकोटाको संयोजकत्वमा बनेको समिति समितिले सरोकारवालासमेतको आवश्यक कार्य गरी महानगरपालिकामा प्रतिबेदन पेश पेश गर्ने कार्यादेश पाएको छ ।
यस्तै, छाडा चौपायाहरुको व्यवस्थापन गर्न तथा छाडा चौपायालाई व्यवसाय मुलक बनाउन कृषि महाशाखासंग समन्वय गरी थप व्यवस्थापन गर्ने सम्बन्धमा राय सुझावसहितको प्रतिवेदन दिन कार्यपालिका सदस्य ओम गौचनलाई जिम्मेवारी दिइएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए । बैठक मेयर मानबहादुर जिसीको अध्यक्षतामा भएको थियो ।
पोखरा महानगरपालिको ४१ आंै बैठकका निर्णयहरु
आदरणीय पत्रकार र सञ्चारकर्मी,
महानगरपालिका नगर कार्यपालिकाको ४१ औ पूर्ण बैठक महानगरपालिका प्रमुख मान बहादुर जि.सी.को अध्यक्षतामा यही भाद्र १८ गते सम्पन्न भएको छ । पोखरा सभागृहमा सम्पन्न सो बैठकले गरेका महत्वपूर्ण निर्णयहरुलाई यस प्रेस–विज्ञप्ती मार्फत सार्वजनिकीकरण गरिएको छ ।
निर्णयहरु ः–
ड्ड २०७७ श्रावण देखि लागू हुने गरी वडा कार्यालयमा आर्थिक अख्तियारी समेतको अधिकार प्रत्यायोजन भएकाले स्थापीत पांचवटा सेवा केन्द्र खारेज गर्ने निर्णय गरियो ।
ड्ड भवन नियमित तथा अभिलेखिकरण सम्बन्धी कार्यबिधी, २०७६ बमोजिम छ महिना अवधिको लागि मिति २०७६।१०।१० गते स्थानीय राजपत्रमा प्रकाशन भएकोमा ६ महिना म्याद समाप्त भएको यस अवधिमा कोभिड ज्ञढ को कारण नागरिकहरु सेवा लिन असमर्थ भएकाले ६ महिना म्याद थप गर्ने निर्णय गरियो ।
ड्ड निम्नानुसारका कार्यविधिहरु पारित गरीयो ।
क) उप प्रमुखसंग महिला कार्यक्रम कोष संचालन निर्देशिका २०७७ ।
ख) कृषि बजार निर्देशिका २०७७ ।
ग) व्यवसाय कर सम्बन्धी कार्यविधि २०७७ ।
घ) घरवहाल कर व्यवस्थापन कार्यविधि २०७७ ।
ङ) विज्ञापन कर संकलन कार्यविधि २०७७
ड्ड महानगरपालिकाबाट नक्शा पास भएका भवनहरुको घर बनाउनु पर्ने ४ वर्षे म्याद लकडाउन भएको अवधिमा समाप्त भएकाको हकमा ४ चार महिना म्याद थप गर्ने ।
ड्ड आ.व. २०७६।०७७ को वार्षिक समिक्षा कोभिड –ज्ञढ को कारण हुन नसकेकाले यस पटक ठुलो संख्यामा उपस्थिति भै समिक्षा गर्न व्यवहारीक नभएका हुंदा विषयगत महाशाखाहरुले विषयगत समिति संग समन्वय गरी वार्षिक समिक्षा गर्ने ।
ड्ड फोहर मैला व्यवस्थापन सम्बन्धमा नयाँ खाका तयार गर्न आगामी दिनको लागि नागरीक उड्डयन प्राधिकरण समेत संग राय लिइ अघि बढ्न वडा नं. १३ वडा अध्यक्ष श्री लेखबहादुर तामाङ्ग को अध्यक्षतामा बनेको समितिलाई दुई महिनाको थप समय दिई जिम्मेवारी दिने ।
ड्ड पो.म.न.पा. वडा नं. २९ को कित्ता नं. ३९०१, ३९०२, ३९०३ क्षे.फ. १३१५२२ को नेपाल सरकारको नाउंमा रहेको जग्गामा महानगरपालिकाको प्राबिधिक शिक्षालय स्थापना गर्न उक्त जग्गा भोगाधिकारका लागि संघीय सरकार संग माग गर्न जिल्ला प्रशासन कार्यालय कास्की र मालपोत कार्यालय कास्कीमा सिफारिस गर्ने ।
ड्ड राजश्व शाखालाई ठुला करदाता शाखा, आय ठेक्का व्यवस्थापन शाखा र राजश्व शाखामा बिशिष्टकरण गर्ने । नीतिगत कार्य राजश्व शाखाले गर्ने र अन्य शाखाले आफ्नो त्इच् मा केन्द्रित रहेर कार्य गर्ने ।
ड्ड पोखरा महानगरपालिकाको हालको भवन अत्यन्त सानो भई बिभिन्न शाखा, महाशाखा भाडामा बसेको अवस्था भएको र भवन जिर्ण हुंदै गएकाले नपुग शाखा महाशाखाको लागि भवन निर्माण गर्न आवश्यक भएको हुंदा म.न.पा. को नाउंमा वडा नं ८ मा रहेको (पुरानो दमकल कार्यालय) को जग्गामा म.न.पा. को नयाँ कार्यालय भवन बनाउने ।
ड्ड
ड्ड पोखरा महानगरपालिका मुख्य शहरका महत्वपुर्ण क्षेत्र तथा प्रबेश नाकामा एकिकृत र बृहतस्तरमा ऋऋत्ख् राख्ने र लागत साँझेदारी गरी प्रबिधिको माध्यमबाट सुरक्षा व्यवस्था गर्न आवश्यक भएकोले प्राबिधिक पक्ष र आर्थिक पक्षको अध्ययन गरी प्रतिबेदन पेश गर्न वडा नं ४ का वडा अध्यक्ष श्री शंकर बास्तोलालाई यस सम्बन्धी अध्ययन गरी प्रतिबेदन पेश गर्न जिम्मेवारी दिने ।
ड्ड पोखरा उपत्यका नगरविकास समितिलाई बसपार्क निर्माणको लागि आग्रह गर्ने तथा अन्तराष्टिय मापदण्ड बमोजिमको आधुनिक ऋष्तथ द्यगक एबचप निर्माण गर्न उक्त स्थानको केही जग्गा प्राप्त गर्न सिफारिस तथा समन्वय गर्ने । सो कार्यका लागि पोखरा वडा नं. १६ का वडा अध्यक्ष जिवन प्रसाद आचार्यलाई संयोजक तोक्ने निर्णय गरीयो ।
ड्ड पूर्वाधार निर्माण तथा मर्मत संभार आयोजना वा कम्पनी बनाउने र ब्कउजबति एबिलत स्थापना गर्न सम्भाव्यता अध्ययन गर्ने । एबिलत संचालन गर्न जग्गाको खोजीको लागि वडाहरुलाई आग्रह गर्ने ।
ड्ड महानगरपालिकामा कार्यरत अस्थायी र ज्यालादारी कर्मचारीहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्दा कार्यालयलाई के कति दायीत्व थप हुन्छ एकिन गरी आगामी बैठकमा पेश गर्न निर्देशन दिने ।
ड्ड महानगरपालिकाबाट स्वीकृत भएको घर नक्शाको स्वीकृती मापदण्ड बमोजिम भए नभएको सुपरिवेक्षण गर्न आवश्यक देखिएकाले त्जष्चम एबचतथ ख्भचषष्अबतष्यल मार्फत सेवा प्रवाहको गुणस्तर परीक्षण गर्न त्जष्चम एबचतथ संग परामर्श सेवा लिने र ख्भचषष्अबतष्यल बाट प्राप्त हुने प्रतिबेदन कार्यपालिकामा पेश गर्ने ।
ड्ड राजश्व प्रशासनमा प्रबिधिको मद्दतले भएको वा हुन सक्ने चुहावटको त्भअजलष्अब िब्गमष्त गर्न नेपाल सरकारको सम्बन्धित निकाय वा तेस्रो पक्षको मद्दत लिने र अध्ययन प्रतिबेदन कार्यपालिकामा पेश गर्ने ।
ड्ड महानगरपालिकाबाट संकलन गरिने विज्ञापन करलाई बैज्ञानिक र प्रभावकारी बनाउन आवश्यक भएकाले शहरमा रहेका बिज्ञापन बोर्डहरुको लगत संकलनको लागि सार्वजनिक सूचना जारी गर्ने तथा संस्थागत सेवा परामर्श लिई प्रतिबेदन तैयार गरी कार्यपालिकामा पेश गर्न वडा नं. १० का वडा अध्यक्ष श्री राजकुमार गुरुङ्ग संयोजक रहेको समितिलाई थप एक महिनाको समय दिई जिम्मेवारी प्रदान गर्ने ।
ड्ड महानगरपालिका र वडा कार्यालयबाट विभिन्न विषयका अंग्रेजीमा गरिने सिफािरसलाई भाषिक स्तरीकरण गर्न आवश्यक भएकाले ज्यादा प्रचलित सिफारिसको अंग्रेजी अनुवाद गरी फाराम तैयार गरी वडामा पठाउने ।
ड्ड लेखनाथ स्थित तालहरुको मापदण्ड अध्धयन गरी प्रतिवेदन दिन भुगोलबिद डा.श्री सोमनाथ सापकोटाको संयोजकत्वमा समिति गठन गर्ने । सो समितिले सरोकारवालाहरु समेतको सहयोगमा आवश्यक कार्य गरी महानगरपालिकामा प्रतिबेदन पेश गर्ने ।
ड्ड छाडा चौपायाहरुको व्यवस्थापन गर्न तथा छाडा चौपायालाई व्यवसाय मुलक बनाउन कृषि महाशाखा संग समन्वय गरी थप व्यवस्थापन गर्ने सम्बन्धमा राय सुझाव सहितको प्रतिवेदन दिन कार्यपालिका सदस्य श्री ओम गौचनलाई जिम्मेवारी दिने निर्णय गरियो ।
ड्ड म.न.पा.का वडाहरु बालमैत्री बनाउने सन्दर्भमा संघिय सरकारको बालबालिका ऐन, २०४८ तथा बालमैत्री घोषणा न्यूनतम सूचकहरुको आधारमा कार्यक्रम तर्जुमा गरी अगाडी बढाउने ।




