समाचार

डिस्ट्रिक्ट गभर्नर आचार्यद्वारा पदभार ग्रहण

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बि १ को लायन वर्ष २०२१–२२ का लागि निर्वाचित डिस्ट्रिक्ट गभर्नर विश्वेश्वर आचार्यले पदभार ग्रहण गरेका छन् । लायन्स डिस्ट्रिक्ट सचिवालय काठमाडौंमा बिहीबार आयोजित समारोहमा आचार्यले पदभार ग्रहण गरेका हुन् । लायन वर्ष २०२०–२१ का गभर्नर मानबहादुर रोक्काले वर्ष २०२१–२२ आचार्यलाई पदीय दायित्व हस्तान्तरण गरेका हुन् । कार्यक्रममा २०२१–२२ का लागि निर्वाचित प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर महेन्द्र पौडेल, द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर मणिश्री रत्नबज्राचार्य, क्याबिनेट… पुरा पढौ

डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन माग

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई डेविजफल, गुप्तेश्वर गुफाको मापदण्ड घटाउन नेपाली कांग्रेस वडा समिति पोखरा १७ ले ध्यानाकर्षण गराएको छ । समितिको तर्फबाट बुधबार डेविजफल, गुप्तेश्वर महादेव गुफा तथा फेवातालबाट पानी निकास भई बगेको खोलाको मापदण्ड ३ मिटर गर्नुपर्ने मागसहित मुख्यमन्त्रीको कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच सभापति देवराज आचार्यले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरे । पोखरा १७ गुप्तेश्वर महादेव गुफा वरिपरि कायम गरिएको मापदण्ड हटाउन, डेभिजफल खोला (फेवा बाँधदेखि डेभिजफल… पुरा पढौ

युआरएल हस्पिटलचोकमा सुगर सित्तैमा, अन्य जाँचमा ३० प्रतिशत छुट

युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल०को हस्पिटलचोक शाखाले असार महिनाभर सुगर सित्तैमा जाँच गर्ने भएको छ । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युआरएलले हस्पिटलचोकमा शाखा सुरुआत भएको अवसरमा भिटामिन, होलबडी, क्यान्सर, थाइराइड लगायत सबै रगत जाँचमा ३० प्रतिशत छुट दिएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ९गण्डकी अस्पताल०मा आउने र सो क्षेत्रका सेवाग्राहीलाई सहज रुपमा सेवा दिन पोखरा उपत्यकामै शाखा खोलिएको अध्यक्ष ठाकुरप्रसाद पन्तले बताए ।… पुरा पढौ

पोखरा ५ ले निकाल्यो महिला विषेशांक

पोखरा महानगरपालिका वडा नं। ५ ले वडाका गतिविधि समेटेर वर्षेनी पुस्तकका रुपमा प्रकाशन गर्दै आएको छ । वडा दर्पण नाम दिएर यसअघि २ संस्करण प्रकाशन भइसकेका छन् । वडा कार्यालयले तेस्रो अंक भने महिला विषेशांकका रुपमा प्रकाशन गरेको छ । पुस्तकमा वडामा क्रियाशील महिला र अन्य महिलाका लेख, रचनालाई प्राथमिकता दिइएको छ । वडा दर्पण भाग ३ बुधबार आयोजित कार्यक्रममा पोखरा महानगरकाका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले सार्वजनिक गरे ।… पुरा पढौ

बागलुङ-पोखरा राजमार्ग १७ घण्टा देखि ठप्प !

पहिरोका कारण बागलुङ पोखरा सडक खण्ड अवरुद्ध भएको छ ।पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर-८ चुवामा सडक माथिवाट खसेको पहिरोका कारण बागलुङ- पोखरा राजमार्ग १७ घण्टा देखि अवरुद्ध भएको हो ।अवीरल रुपमा परेको बर्षाका कारण सोमबार साँझ ६ बजे खसेको पहिरोका कारण यातायात पुर्ण रुपमा अवरुद्ध भएको छ । शोमवार साँझ खसेको पहिरो तत्कालै पन्छाउने प्रयास गरिएपनि राति पु:न पहिरो खसेर अवरुद्ध भएको थियो । मंगलवार बिहानै देखि पहिरो पन्छायर… पुरा पढौ

वडाको योजना-एकल पुरुषलाई भत्ता

रोल्पाको सुनील स्मृति गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताए । यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो,’ वडाध्यक्ष क्षेत्रीले भने, ‘कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक १ हजार… पुरा पढौ

गायन रियालिटी सो गर्दै एनआरएनए

विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिंगर’उद्घाटन गरिएको छ । आइतबार भर्चुअल माध्यमबाट आयोजित समारोहमा संघ केन्द्रीय अध्यक्ष कुमार पन्त, पूर्वअध्यक्ष जीवा लामिछाने तथा वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाले संयुक्त रूपमा उद्घाटन गरे । अध्यक्ष पन्तले यो कार्यक्रमले विश्वभरि छरिएका नेपालीको गायन प्रतिभा खोजीका लागि महत्वपूर्ण भूमिका खेल्न विश्वास लिएको बताए । संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले यो कार्यक्रम सफल… पुरा पढौ

३५ हजार नगद सहित जुवाडे पक्राउ

बागलुङ नगरपालिका वडा नम्बर ३ शिवधाराचोकको एक घरबाट जुवा खेल्दै गरेको अवस्थामा ६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा प्रहरी निरिक्षक बिजय भण्डारिको नेतृत्वमा खटिएको प्रहरी टोलिले तास खेलिरहेको अवस्थामा ६ जना पुरुषलाई नगद ३५ हजार ६ सय रुपैयाँ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारि इकवाल हवारिले बताए । पक्राउ पर्नेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।घटनास्थलमा प्रहरी पुगेलगत्तै केही पत्रकारहरु पनि… पुरा पढौ

सेती तट र डेभिज फल निजी क्षेत्रमा नदेऊ

सेती नदीका तट तथा फेवातालको डेभिजफल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिइने भएको छ । ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय पोखरा महानगरले गरेपछि संरक्षणकर्मी र सरोकारवालाबाट यसको विरोध भइरहेको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले यसलाई रोक्न गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको ध्यानाकर्षण गराएको छ । संस्थाका अध्यक्ष विष्णुहरि अधिकारी नेतृत्वमा आइतबार गएको टोलीले मुख्यमन्त्री पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । पत्र बुझ्दै… पुरा पढौ

राष्ट्रपति ओलीकी कार्यकर्ता जस्तो : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवीले भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताजस्तै व्यवहार गरेको बताएका छन् । शनिबार काठमाडौंमा नागरिक समाज र पत्रकारहरूसँगको अन्तक्र्रियामा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा रातारात संसद् विघटन गरेको बताए । ‘मैले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी बुझाएँ । उहाँको आह्वान अनुरुप सबै प्रक्रिया पु¥याएर दाबी प्रस्तुत गरेपछि त प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्नेमा उल्टै प्रतिनिधि सभा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं