समाचार

मेडिकल कलेजका युनियनलाई प्रशिक्षण

युनियन नेटवर्क इन्टरनेसनल, युएनआई ग्लोबल युनियनसँग आवद्ध युनियन अफ प्राइभेट हस्पिटल, नेपाल (युनिफिन) द्वारा फ्रेडरिक ईवर्ट इस्टीफटुङको सहयोगमा २ दिने प्रशिक्षण दिइएको छ । नेपालका मेडिकल कलेजहरुमाकार्यरत कर्मचारी युनियनका अगुवाहरुको क्षमता अभिबृद्धिका लागि २ दिने प्रशिक्षण प्रदान गरेको युनिफिनकी कोषाध्यक्ष प्रतिमा भट्टले जानकारी दिइन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युनियन आन्दोलन र अभ्यासबारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा नेपालका १६ वटा मेडिकल कलेजमा आवद्ध २५ युनियनकर्मीको सहभागिता थियो । सम्मेलनले युनिफिन… पुरा पढौ

मुस्ताङः फुटपाथ व्यवसायीलाई कर ,छैन पूर्वाधार

जोमसोम—धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङको जोमसोममा फुटपाथमा पसल थापेर व्यापार गर्ने एक दर्जन महिला व्यवसायी छन् ।उनीहरुको दैनिक जिविकोपार्जनको माध्यमनै फुटपाथमा मुस्ताङमा उत्पादित सामान बिक्री गर्नु हो । केही वर्षअघि देखि जोमसोमको धौलागिरि बोडिङ स्कुल नजिक व्यापार गर्दैआईरहेको उनीहरु यतिबेला तनाबमा छन् ।ति महिलाहरु बिहानै उठेर सडकको एक छेउमा बसेर साझसम्म मुस्ताङको कोशेली बिक्री गर्छन् । सडक छेउ बसेर सामान बिक्री गर्ने र त्यसबाट आएको नाफाले परिवार र छोराछोरी स्कुल… पुरा पढौ

वर्षारम्भ नै एक महिना वर सरिसकेकोे ठहर

नयाँ वर्षको प्रारम्भ झण्डै एक महिना वर (चैत) सरिसकेकोले हालको नयाँ वर्ष मनाउनुको कुनै औचित्य नभएको एक समारोहका सहभागीहरुले औंल्याए । पर्व समय सुधार राष्ट्रिय समाज नेध्पाल गण्डकी प्रदेश समिति र विश्वम्भरा ज्योतिष विज्ञान परिषद, कास्की जिल्ला कार्य समितिको संयुक्त आयोजनामा गरिएको ज्योतिषीय अन्तक्र्रियाका सहभागीहरुले उक्त कुरा बताएका हुन् । विश्वम्भरा ज्योतिष विज्ञान परिषदका सह अध्यक्ष तथा समारोहका प्रमुख अतिथि दिननाथ पण्डितले २४ डिग्री अयनांश सूर्यले पार गरिसक्दा पनि पुरातन… पुरा पढौ

प्रतिष्ठान मार्फत खन्तीमा बृक्षारोपण

मुस्ताङ थासाङ—२ कोवाङ खन्तीमा बृक्षारोपण गरिएको छ ।कालिगण्डकी नदी छेउको खाली सरकारी प्रयोग विहिन जग्गामा करिव एक सय थान टंर्कीबाट ल्याईएको उच्चघनत्वकोे हाईब्रिड फेनर जातको ओखरका विरुवा रोपण गरिएको प्रतिष्ठानले जनाएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले बिरुवा रोपेर कार्यक्रमको सुभारम्भ गरेकी थिईन् । सो अवसरमा संघीय सांसद प्रेमप्रसाद तुलाचन,प्रदेश सांसद ईन्द्रधारा बिष्ट ,महेन्द्रबहादर थकाली र चन्द्रमोहन गौचन लगायतले बृक्षारोपण गरे । बृक्षारोपणले कालिगण्डकी नदीको कटान रोकथाम… पुरा पढौ

सवी शेरचनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति ः

मुस्ताङको थासाङमा ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले नयाकार्यसमिति चयन गरेको छ ।तत्कालिन सांसद ओमविकास गौचन तथा देउकुमारी गौचनको १५ औं स्मृति सभा,तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले सवी गौचन शेरचनको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति गठन गरेको हो। नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रमेश भट्टचन,उपाध्यक्ष गिरिसिंह शेरचन, महिला उपाध्यक्ष शर्मिला गुरुङ,सचिव गौतम शेरचन ,कोषाध्यक्ष पूर्णप्रभा थकाली,सहसचिव जिवन थकाली छन् । यस्तै सदस्यहरुमा नरप्रसाद हिराचन,छिरिङ ल्हामो गुरुङ,विपना शेरचन,लक्ष्मी विक,महेन्द्र शेरचन र तेजेन्द्र… पुरा पढौ

सवी शेरचनको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति ः

ओमविकास तथा देउकुमारी स्मृति प्रतिष्ठानले नयाकार्यसमिति चयन गरेको छ ।mm तत्कालिन सांसद ओमविकास गौचन तथा देउकुमारी गौचनको १५ स्मृति सभा,तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनले सवी गौचन शेरचनको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति गठन गरेको छ । नयाँकार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रमेश भट्टचन,उपाध्यक्ष गिरिसिंह शेरचन,उपाध्यक्ष शर्मिला गुरुङ,सचिव गौतम शेरचन ,कोषाध्यक्ष पूर्णप्रभा थकाली,सहसचिव जिवन थकाली छन् ।यस्तै सदस्यहरुमा नरप्रसाद हिराचन,छिरिङ ल्हामो गुरुङ,विपना शेरचन,लक्ष्मी विक,महेन्द्र शेरचन र तेजेन्द्र गौचन रहेको प्रतिष्ठानले जनाएको छ… पुरा पढौ

सेती खोंचमा हिमाल हेर्दै बन्जी

बन्जी नेपाल एड्भेन्चर्स प्रालिले पोखरा १७, रातोपैरामा बनाएको बन्जीको सफल परीक्षण गरिएको छ। लेकसाइडबाट करिब ३ किलोमिटरमा रहेको बन्जी नयाँ वर्षसँगै व्यवसायिक रुपमा सञ्चालनमा आउँदै छ । सन्तोष भट्टराई अध्यक्ष रहेको कम्पनीमा राजु कुँवर, अशोक गुरुङ, दुर्गादत्त खरेल, दिल गुरुङ, दामोदर बराल र भूपाल बहादुर बराल क्षेत्रीको ८ करोड २५ लाख लगानी छ । अध्यक्ष भट्टराईले न्युजिल्यान्ड, जापान, मकाउ लगायत देशमा बन्जी मास्टरको रूपमा लामो समय काम गरी स्वदेश फर्केर… पुरा पढौ

मालेपाटनमा हाटबजार

तरकारी खेतीका लागि प्रसिद्ध पोखरा ५ को मालेपाटनमा हाट बजार सुरु भएको छ । सोमबार आयोजित कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले बजारको सुरुआत गरे । नयावर्षको अवसरमा सुरु भएको बजार मंगलबारसम्म चल्नेछ । यो हाटबजारको प्रभावकारिता, व्यापार, किसान र क्रेताको सहभागी हेरी समय समयमा यस खालका मेला लगाउने तयारी छ । मेयर जिसीले स्थानीय उत्पादन प्रवद्र्धन गर्न एक खालको बजार हप्तामा एक पटक लगाउनु सान्दर्भिक हुने बताए । उनले… पुरा पढौ

होटल म्यानेजमेन्ट कलेजमा विएचएम र बिबिएका विद्यार्थीको स्वागत तथा उत्प्रेरणा कार्यक्रम

पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजले विद्यार्थीहरुका लागी आज स्वागत तथा उत्प्रेरणा कार्यक्रम गरेको छ । आगामी शैक्षिक सत्रको विएचएम, विविए र विविए विआईमा नयाँ भर्ना भएका विद्यार्थीलाई कलेजका अध्यक्ष अशोक पालिखे प्रीन्सिपल प्रकाश रेग्मी लगायतले माला खादाले स्वागत गरेको थिए । कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष पालिखेले सन् १९९८ मा स्थापित नेपालकै पहिलो पोखराको नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज अहिले धेरै विद्यार्थीको रोजाईमा पर्ने कलेज बनेको मा खुसी… पुरा पढौ

पूर्व मन्त्री रोमी गौचन थकालीको स्वास्थ्य सामान्य

काग्रेसका नेता तथा पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकालीको स्वास्थ्य सामान्य रहेको उनको परिवार श्रोतले जनाएको छ । मन्त्री गौचनको घाँटीमा समस्या देखिएपछि काठमान्डौं टोखास्थित ग्रान्डी अस्पतालमा उपचारत थिए । मन्त्री गौचनको घाँटीको सफल शल्यक्रिया भएको जनाईएको छ ।उहाँको डा.आनन्द घिमिरेको टोलीले शल्यक्रिया गरेको हो ।अस्पतालले उहाँलाई धेरै नबोल्न र केही हप्ता आराम गर्न सुझाएको छ । पूर्व मन्त्री रामी गौचन थकालीले आफ्नो स्वास्थ्य अवस्था बारे सहानुभूती प्रकट गर्ने सबैलाई धन्यवाद… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं