त्रिविका सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगन गरेको छ।

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले कोरोनाको दोस्रो लहरको प्रकोपका कारण परीक्षा स्थगित गरेको हो । आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुले संचालन गर्ने परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि रोकिएका छन् ।