समाचार

लायन्स प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरस् मिट पोखरामा सम्पन्न

पोखरामा प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरस् मिट आज सम्पन्न भएको छ । लायन्स मल्टिपल ३२५ नेपाल अन्तर्गत डिष्ट्रिक्ट ३२५ ए वानका लायन रेवत बहादुर कार्की, ए टु का लायन केशव पाण्डे, बि वान का लायन विश्वेश्वर आचार्य र बि टु का लायन रामप्रसाद भट्ट गरी चार जना प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरहरुसँगको भेटघाट कार्यक्रम लेकसाइड स्थित स्वीस इन्टरनेशनल होटल सरोवरमा आज सम्पन्न भएको हो । डिष्ट्रिक्ट ३२५ बि १ नेपालका प्रथम भाइस… पुरा पढौ

देशभक्तको छेस्का संग्रह लोकार्पण

कवि देशभक्तसिंह कुँवरको छेस्का संग्रह ‘सुहाना’ शनिबार पोखरामा लोकार्पण गरिएको छ । कृति लोकार्पण गर्दै प्राडा कुसुमाकर न्यौपानेले नेपाली साहित्यको श्रीवृद्धिमा ‘सुहाना’ थपिएको बताए । उनले स्रष्टा कुँवरले साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकोमा खुसी व्यक्त गर्दै अझ प्रगतिको कामना गरे । पृथ्वीनारायण क्याम्पस नेपाली विभाग प्रमुख समेत रहेका न्यौपानेले नेपाली विभागको पुस्तक संकलन अभियानले साहित्यकार र समीक्षक जोड्नसमेत सहयोग गरेको भन्दै सहयोगको अपील गरे । कृति समीक्षा गर्दै नेपाल… पुरा पढौ

एकल महिला समूह गण्डकीमा प्रमिला

मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकी अध्यक्षमा प्रमिला तझ्या सर्वसम्मत चयन भएकी छन् । बुधबार भएको दोस्रो अधिवेशनले उनको अध्यक्षतामा सर्वसम्मत नयाँ समिति चुनेको हो । समितिको उपाध्यक्षमा अमृता सिग्देल (नवलपरासी), सचिव मीना अधिकारी (गोरखा) र कोषाध्यक्ष चिनुमाया गुरुङ तनहुँ छन् । सदस्यमा अजिता शर्मा, खडककुमारी, हीरामति शाही र सावित्री थापामगर छन् बुधबारै मानवअधिकारका लागि महिला एकल महिला समूह गण्डकीले कुर्भे परियोजनाको सहयोगमा द्वन्द्वपीडित तथा वेपत्ता परिवारका एकल महिलाहरुलाई… पुरा पढौ

पोखरेली युवा सांस्कृतिक परिवारमा मोती

पोखरेली युवा साँस्कृतिक परिवारको शनिबार भएको ४० औं वार्षिक साधारण सभा तथा अधिवेशनले मोती भुजेलको अध्यक्षतामा नयाँ समिति चुनेको छ ।समितिको उपाध्यक्षमा उपेन्द्र पौडेल, सचिव डा.चैतन्य अधिकारी, कोषाध्यक्ष अर्जुन अधिकारी, सहसचिव शिव त्रिपाठी, साहित्य संयोजक रीता अधिकारी, संगीत संयोजक एमडी काफ्ले र कला संयोजक हेमकान्ती गुरुङ छन् । सदस्यमा प्रकाश पोखरेली, सुदर्शन पौडेल, दीपेन्द्र थापा अरुण, लिलि अधिकारी र तीर्थ गुरुङ छन् । पुरा पढौ

गुप्तेश्वर बहुमुखी क्याम्पसको साधारणसभा

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसको ११ औं साधारणसभा शनिबार भएको छ । कार्यक्रममा पोखरा १७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले क्याम्पसले भौतिक, शैक्षिक, प्राविधिक एवं व्यवहारीक शिक्षामा फड्को मारी प्रदेशमै अग्रणी शैक्षिक केन्द्रको रुपमा स्थापित हँुदै गएको बताए । उनले स्थानीय सरकारको तर्फबाट क्याम्पसलाई गर्नुपर्ने सहयोगका लागि सधै तत्पर रहने प्रतिवद्धता गरे ।क्याम्पस सञ्चालक समिति अध्यक्ष प्राडा टंकराज अधिकारीले रोजगारमुखी शिक्षा प्रदान गर्दै क्याम्पसलाई शैक्षिक केन्द्रका रुपमा स्थापित गर्ने बताए ।… पुरा पढौ

पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गछौं’ अध्यक्ष थकाली

नेपाल पत्रकार महासंघ मुस्ताङ शाखासंग मुस्ताङका स्थानीय तहले समन्वय र सहकार्य गर्नुपर्ने घरपझोङ गाउपालिकाका अध्यक्ष आशबहादुर थकालीले बताएका छन् ।नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाको शनिवार संम्पन्न नवौं वार्षिक साधारण सभा कार्यक्रमको समुद्घाटनका क्रममा प्रमुख अतिथि अध्यक्ष थकालीले जिल्लाको समग्र विकास सुशासन र समृद्धिका लागि पत्रकारहरुको योगदान महत्वपूर्ण हुने भएकाले पत्रकार महासंघ मुस्ताङ शाखासंग सहकार्य गर्न आफुहरु तयार रहेको जनाए । अध्यक्ष थकालीले मुस्ताङ जिल्लाको पत्रकारीता आफैैमा चुनौतिपूर्ण भएको र यहाको… पुरा पढौ

६५ वर्ष पुगेका पत्रकारलाई मासिक १० हजार भत्ता

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले निरन्तर ३० वर्षसम्म काम गरेर ६५ वर्ष पुगेका पत्रकारलाई जीवन निर्वाहका लागि मासिक १० हजार भत्ता र आपत्कालीन अवस्थामा रहेकालाई सहयोग गर्ने कोष स्थापना गरेर कार्यान्वयनमा ल्याउने काम भइरहेको बताएका छन्। ‘नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाको २८औँ स्थापना दिवस तथा वार्षिक साधारणसभामा बिहीबार बनेपामा उनले ती काम छिट्टै कार्यान्वयनमा आउने बताएका हुन्। उनले महासङ्घको पहलमा पाँच करोड ३४ लाख रूपैयाँको ‘पत्रकार सम्मान वृद्धि… पुरा पढौ

अर्बुद रोग निर्वारण संस्था कास्कीमा पदस्थापन

नेपाल अर्वुद रोग निर्वारण संस्था कास्की शाखाको २० औं शाखासभा तथा १४ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई पदस्थापन गरिएको छ । संस्थाको अधिवेशनले प्रेमबहादुर भुजेलको अध्यक्षतामा १५ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । समितिको निवर्तमान सभापतिमा रामचन्द्र थापा, उपसभापतिमा नारायण पराजुली र विश्वमोहन अधिकारी, सचिवमा डिल्लीप्रसाद शर्मा, कोषाध्यक्षमा रघुनाथ अधिकारी, सह–सचिवमा सरस्वती अधिकारी र सह–कोषाध्यक्षमा कृष्ण मानान्धर छन् । सदस्यमा शान्तकुमार श्रेष्ठ, तीर्थबहादुर बस्नेत, सुर्वण कोइराला, मीना बास्तोला, सम्झना आचार्य,… पुरा पढौ

लायन्स गण्डकी प्रदेशले दियो १५ विद्यार्थीलाई कम्प्युटर तालिम

लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सित्तैमा कम्प्युटर तालिम सुरु गरेको छ । ग्लोबल आइटी एजुकेशन अमरसिंहचोकमा बुधबार तालिम सुरु भएको हो । लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका जोन चियरपर्सन सुरेन्द्र पौडेलले विद्यार्थीलाई कम्प्युटर तालिम निःशुल्क प्रदान गरेर क्लबले उदाहरणीय कार्य गरेको बताए । ‘लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशले स्थापनाको छोटो समयमा सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्न सफल भएको छ,’ उनले भने… पुरा पढौ

देश ब्यापी बिरोध कार्यक्रम हुदाँ मुस्ताङ कांग्रेसलाई शोक

मुस्ताङ—नेपाली कांगेसले सरकारको कार्यशैली बिरुद्ध सोमबार देश ब्यापी बिरोध प्रर्दशन गर्ने कार्यक्रम तय हुदै गर्दा मुस्ताङ कांग्रेसलाई शोक परेको छ ।जिल्ला कार्यसमिति मुस्ताङकी सदस्य एवं थासाङ गाउपालिका—२ की कांग्रेस पार्टी सभापती श्रीमती पुष्पा शेरचनको असामयिक निधनले मुस्ताङं कांगेसमा शोक परेको हो ।नेपाली कांगेस मुस्ताङले सोमबार प्रेष बिज्ञप्ती मार्फत शेरचनको निधनले पार्टीलाई स्तब्ध बनाएको उल्लेख गर्दै शोक बक्तब्य निकालेको हो । नेपाली काग्रेस जिल्ला कार्यसमिति मुस्ताङका कार्यवाहक सभापती नर्वु गुरुङ तथा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं