छोरेपाटन माविको वार्षिकोत्सव

पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको छोरेपाटन माध्यामिक विद्यालयको ४२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुक्रबार भएको छ ।

वार्षिकोत्सवको पोखरा–१७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले उद्घाटन गरेका थिए । उनले विद्यालयको शैक्षिक प्रगति उत्कृष्ट रहेको वताउँदै भौतिक रुपमा पनि विद्यालय धेरै अगाडि पुगेको वताएका थिए । साथै विद्यालयले डेभिज फललाई संस्थागत गर्न नसक्दा स्वामित्वको विषयमा विवाद आएको वताएका थिए ।

प्रधानाध्यापक डिल्लिराम शर्माले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्य योजना, लेखा अधिकृत छविलाल पनेरुले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा दाताराम सरस्वती स्मृति पुरस्कार अक्षयकोष छात्रावृत्ति कोषका दाता लक्ष्मण वास्तोला र विश्वामित्र स्मृति पुरस्कार अक्षयकोषका दाता शिक्षक झरिमाया ढुंगानालाई सम्मान पत्र दोसल्ला र अविरद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य सदस्य एवम् विव्यस सदस्य राधिका योगी शाही, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गंगालाल सुवेदी, सल्लाहकार एवं पुर्व विव्यस अध्यक्ष खड्गबहादुर शाही, निवर्तमान प्रअ लक्ष्मण थापा, शिक्षक अभिभावक संघका अध्यक्ष रविलाल शर्मा, नेकपा वडा अध्यक्ष सुभाष ढुंगाना, नेपाली काँग्रेसका वडा सभापति देवराज आचार्य, विद्यार्थी यामबहादुर रोका लगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्र.अ. खेमराज वराल (ध्रुब) र संचालन सहायक प्र.अ.मेघनाथ पौडेलले गरेका थिए ।