मादी ११ मा नेकपाको भेला

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मादी गाँउपालिका वडा नं ११ को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ।

नेकपा गाँउपालिका अध्यक्ष कृष्णराज दाहालले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले प्रतिनिधि सभाको विघटन गरी मुलुकलाई प्रतिगमनतर्फ लैजाने दुस्साहस गरेकाले यसलाई सच्चाउन शशक्त आन्दोलन गर्नुको विकल्प नरहेको बताए। युवा नेता पुर्ण लामाले हाल प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको नेकपामा दुईतिहाई वहुमत रहेको तथा बिधि र बिधान सम्मत कमिटी अगाडि बढिरहेको उल्लेख गरे ।

उनले नेकपा आधिकारिक पार्टी भएको र चुनाव चिन्ह सूर्य पनि यहि समुहको हुने जनाए । वडा नं ११ का निर्वाचित वडाध्यक्ष मित्र गुरुङले केपी ओलीले दुईतिहाई जनमतको अपमान गरेर नेपाली जनतालाई धोका दिएको दाब िगरे ।

कार्यक्रममा नेकपा मादी गाँउपालिका कमिटी सदस्य सिहमान तामाङ, नन्दश्री गुरुङ तथा विभिन्न टोलको प्रतिनिधित्व गर्दै भिमप्रसाद काफ्ले, अनिल नेपाली, नारायण तामाङ, वसन्त रानाभाट, चेतबहादुर कार्की, सुर्य सुवेदी लगायतले आफुहरु नेकपाको मुल प्रवहामा कटिवद्ध रुपमा लाग्ने बताए ।

नेकपा मादी गाँउपालिका वडा नं ११ का अध्यक्ष जीवन परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत हिमलाल खनाल र संचालन सचिव रनबहादुर लामाले गरेका थिए।