मुक्तिनाथ मन्दिरमा के के गर्न पाईने ,के के नपाईने

मुक्तिनाथ मन्दिरमा के के गर्न पाईने ,के के नपाईने
मुक्तिनाथ विकास समितिले गरेका निर्णय तपशिल छन् ।
१. अनिवार्य माक्स र सेनेटाईजरको प्रयोग गर्नुपर्ने
२.तापक्रम मापन गरिनुपर्ने
३.अनिवार्य भौतिक दुरी कायम गरिनु पर्ने
४.विदेशी पर्यटकलाई पिसिआर रिपोर्ट अनिवार्य
५.स्वास्थ्य सुरक्षा बाहेक अन्य गतिबिधि गर्न नपाईने
६.कुण्ड र १०८ धारामा स्नान गर्न नपाईने
७.पुजा सामाग्री तोकिएको स्थानमा राखिनु पर्ने
८.खाद्य वस्तु प्रयोग गर्न नपाईने
९.मन्दिरमा बढी १ घण्टा मात्र दर्शन गरिसक्नु पर्ने
१०.भौतिक दुरी कायम गरिनु पने
११. भौतिक दुरी उलंघन गरी जथाभावी हिडडुल र फोटो खिच्न नपाईन
१२.मन्दिरमा पुजारी र आनीबाट टिका ग्रहण गर्न नपाई ,आफैले लगाउनुपने
१३.लत्ता कपडा तोकिएको स्थानमा राख्नु पर्ने
१४.स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नुपर्ने
१५.आनी र पुजारीको समन्वयमा पुजा र दर्शन गर्नुपर्ने
१६.मन्दिरका कर्मचारी ,सुरक्षाकर्मी ,आनी र पुजारीले अनिवार्य फेससिल माक्स लगाउनुपर्ने
१७.दैनिक मन्दिर परिसरको डिसईन्फेक्सन – निर्मलीकरण गर्नुपर्ने।
१८. समिति र सुरक्षाा निकायका कर्मचारीले संम्पूर्ण स्वास्थ्य व्यवस्थापनमा खटिनु पर्ने।
१९.यातायात आउजाउको व्यवस्थापनमा ध्यान दिनुपर्ने ।
२० मुक्तिनाथ जाने तिर्थालुलाई खिङ्गामा स्वास्थ्य सुरक्षा लगायतको नियमित अनुमगन गर्ने
२१.कोभिड—१९ सक्रमणकालको अवधिमा कोभिडका कारण मुक्तिक्षेत्रका ३ गाउका स्थानीय गम्भिर बिमारी परे मुक्तिनाथ विकास समिति र कोभिड संग सरोकार राख्ने समितिले उपचार खर्च व्यवहोर्ने
२२.संम्पूर्ण स्वास्थ्य सुरक्षाको व्यवस्थापन स्थानीय तहले गर्ने र यसको सहजीकरण जिल्ला स्वास्थ्य कार्यालयले गर्ने
२३. तीन वटै गाउलाई कोभिड सुरक्षा संम्वन्धि जनचेतना अभिमुखिकरण गर्ने
२४. पुस २१ गते निर्वाध मन्दिर दर्शन गर्न पाउने व्यवस्था मिलाउने ।
२५. मन्दिर दर्शन गर्न जादाँ उत्तर गेटबाट पसी दर्शन सकेर ज्वालामाई हुँदै दक्षिणतर्फको गेटबाट बाहिरिनु पर्ने
प्रस्तुती ःसुन्दरकुमार थकाली