समाचार

त्रिविका रोकिएका सबै परीक्षा यसै वर्ष

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले रोकिएका सबै परीक्षा यस वर्ष नै गर्ने भएको छ । कोरोना भाइरसका कारणले पनिकाले परीक्षाको क्यालेन्डर नै खल्बलिएपछि पनिकाले यस वर्ष रोकिएका सबै परीक्षा सम्पन्न गर्ने तयारी गरेको हो । परीक्षा नियन्त्रक पुष्पराज जोशीले गत वर्षदेखि रोकिएका सबै परीक्षा यसै वर्ष सकेर परीक्षा क्यालेन्डरलाई नियमित गराइने बताए । “कोरोना भाइरसको तेस्रो लहर आए पनि हामी स्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्दछौँ”, उनले भने,… पुरा पढौ

सम्पदा दोहन नगर्न ध्यानाकर्षण

राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले सम्पदा दोहन नगर्न ध्यानाकर्षण गराएको छ । पोखरा महानगरपालिका वडा नंं २३, २४ मा निर्मित फेवा सेडिमेन्टेसन ट्रयाप बेसिनमा संकलित ढुंगा, गिटी, वालुवा र बग्रेठ निकाल्न र बेचबिखन गर्न सार्वजनिक निजी साझेदारी अन्तर्गत २४ वर्षका लागि ठेक्कामा दिने तयारी महानगरले गरेको छ । बेसिनदेखि १ किमी तलमाथिसम्म उत्खनन् गर्न पाउने गरी गरिएको ठेक्का सम्झौताप्रति राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालको गम्भीर ध्यानाकर्षण… पुरा पढौ

बागलुङमा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान

बागलुङ, १० असारप्रेस सङ्गठन नेपाल, बागलुङ शाखाले जिल्लामा क्रियाशील पत्रकार÷सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । कोरोना महामारीका बेला अग्रपंक्तिमा खटिएर समाचार सङ्कलन तथा सम्प्रेषण गर्ने पत्रकारको स्वास्थ्य सुरक्षाका लागि मास्क, सेनिटाइजर र सिटामल वितरण गरिएको हो । शाखा संयोजक थम्मन थापा सन्देश, सदस्य बिमल खड्का र नेपाल पत्रकार महासंघ, बागलुङ शाखाका उपाध्यक्ष एवं सङ्गठनका सदस्य सरीता खत्रीले आज गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाबाट सञ्चालित सञ्चार संस्थामै पुगेर… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्ड भर्चुअलबाटै

पाँचौं पोखरा स्पोर्टस् अवार्ड २०७६÷०७७’ भर्चुअलमार्फत हुने भएको छ । अघिल्लो वर्षदेखि विश्वभर फैलिएको कोरोना भाइरस प्रभावका कारण अवार्ड समारोह स्थगित हुँदै आएको थियो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको मंगलबार बसेको २५ औं कार्यसमिति बैठकले अवार्डको पछिल्लो मिति तय गरेको हो । जसअनुसार असार १८ गते अवार्ड समारोह हुनेछ । सो दिन (जुलाई २ ) खेलकुद पत्रकारको लागि विशेष दिन ‘विश्व खेलकुद पत्रकार दिवस’ समेत हो ।जिल्ला प्रशासन कार्यालय… पुरा पढौ

विवाह भोजबाट गाउँभर संक्रमण

बागलुङजिल्लाभर निशेधाज्ञा जारी भए पनि लगनको महिना भएकाले विवाह, वर्तबन्ध र चौरासी पूजाजस्ता धार्मिक र सांकृतिक कार्य रोकिएका छैनन् । निश्चित मापदण्ड तोकेर धार्मिक तथा सांकृतिक कार्यमा सहभागि हुन प्रशासनले आग्रह गरेको भए पनि सुरक्षाकर्मी र प्रशासनको उपस्थिति कम रहेका ठाउँमा यस्ता कार्य पूर्ववत्रूपमा चलिरहेका हुन् । जिल्ला सदरमुकाममै केही दिन पहिला विवाह भोजमा सहभागि भएका ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एउटै गाउँमा यती धेरै जनामा सङ्क्रमण… पुरा पढौ

हर्पन खोलाबीचमा पुरुषको शव

पोखरा २३ को हर्पन खोलामा एक पुरुष मृत फेला परेका छन् । उनी सोमबार राति साढे १० बजे साथीहरुसँग नयाँवस्तीको यु एन्ड यु घले रेस्टुरेन्ट गएका थिए । ४४ वर्षीय नारायणप्रसाद अधिकारी रेस्टुरेन्टबाट घर फर्कने क्रममा हराएका थिए ।प्रहरीले ककरे स्थित हर्पन खोलाको बीचमा पानीमा तैरिएको अवस्थामा उनको शव फेला पारेको छ । प्रहरी उपरीक्षक विनोद सिलवालले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाए । पुरा पढौ

कास्कीको माछापुच्छ्रेमा खोलाले १ को ज्यान लियो

प्रतिकात्मक तस्बिरअविरल वर्षापछि बढेको खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका– १ मा एक महिलाको मृत्यु भएको छ । मंगलबार राति करिब साढे ८ बजेको समयमा टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारलाई खहरेखोलाले बगाएको वडाध्यक्ष वीरेन्द्र गुरुङले जानकारी दिए । महिलाको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए । प्रहरी चौकी घाचोकबाट गएको प्रहरी टोलीले महिलाको शव खोलाबाट बाहिर निकालेको र मुचुल्का कार्य आज गरिने जिल्ला प्रहरी कार्यालयका… पुरा पढौ

गण्डकीमा १ जिल्ला, १ सहिद स्मारक पार्क

गण्डकी सरकारले प्रदेशका सबै जिल्लामा सहिद स्मृति पार्क बनाउने भएको छ । मंगलबार आगामी वर्षको बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले यस्तो उल्लेख गरेका हुन् । प्रदेशभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा सांस्कृतिक महत्वका स्थान तथा संग्रहालयको संरक्षण, सम्वर्द्धन र विकासका कार्यक्रमलाई निरन्तरता दिन र “एक जिल्ला एकस हिद स्मारक पार्क” निर्माणको लागि बजेट व्यवस्था गरिएको उनले बताए । द्वन्द्व पीडित तथा सहिद परिवार र द्वन्द्वका क्रममा घाइते नागरिकहरूको तथ्याङ्क… पुरा पढौ

श्रीमतीकै योजनामा माओवादी नेताको हत्या

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले माओवादी केन्द्रका जिल्ला नेता दीपक पाण्डेयलाई गोली प्रहार गरी हत्या गरेको र हतियार बेचेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ। जेठ ५ गते कपिलवस्तु नगरपालिका वडा नम्बर ३ गोबरीमा गोली प्रहारपछि घाइते भएका पाण्डेयको उपचारका क्रममा जेठ १० गते काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएको थियो । मोटरसाइकलमा तौलिहवा फर्किदै गर्दा पाण्डेमाथि गोली प्रहार भएको थियो । प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारी नेतृत्वको टोलीले अनुसन्धानका क्रममा घटनामा… पुरा पढौ

‘कोरोना भ्याक्सिनमा अपाङ्गता भएकालाई प्राथमिकता देऊ’

विश्व समुदाय कोभिड १९ महामारीसँग जुधिरहेको छ। यसको असर नपरेको कुनै पनि भूगोल, वर्ग, क्षेत्र र समुदाय छैन। नेपाल सरकारले खोप कार्यक्रमलाई अगाडि बढाईरहेको छ। अहिलेसम्म स्वस्थ्यकर्मी, पत्रकार, ६२ वर्ष माथी उमेर समुहलाई सरकारले खोप दिईसकेको छ। तर अन्य व्यक्तिहरु भन्दा बढि जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरु अझै पनि प्राथमिकतामा पर्न सकेको छैन। यहि विषयलाई केन्द्रमा राख्दै पोखरामा १० वर्षदेखि अपाङ्गता क्षेत्रमा क्रियाशील संस्था स्वाबलम्बन जीवनपद्धति केन्द्र पोखराले आज जुम… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं