समाचार

सराङकोटमा पर्यटन साहित्य उत्सव

अन्तर्राष्ट्रिय साहित्य समाज केन्द्रीय समिति वासिङटन डिसीको आयोजनामा पोखरामा शनिबार पर्यटन साहित्य उत्सव भएको छ । सराङकोटमा आयोजित उत्सवका बीच कृति लोकार्पण, चर्चा परिचर्चा, रचनावाचन लगायतका गतिविधि भए । साहित्य र पर्यटन एक अर्काका पर्याय भएकाले अनेसासले यस्ता उत्सव विभिन्न समय र स्थानमा सञ्चालन गर्दै आएकोमा यस पटक पोखराको सराङकोटमा आयोजना गरिएको ट्रस्टिज सदस्य ऋषि बरालले बताए । उत्सवको पहिलो सत्रमा अनेसासका बोर्ड अफ ट्रस्टीज सदस्य साहित्यकार तीर्थराज अधिकारीका ‘जूनका… पुरा पढौ

पोखरामा डाक्टर पढ्दै गरेका भारतीयको डुबेर मृत्यु

पोखराको गण्डकी मेडिकल कलेजका १ विद्यार्थीको नदीमा पुगेपछि उपचारका क्रममा मृत्यु भएको छ । आइतबार बिहान साढे ११ बजेतिर पोखरा महानगरपालिका १७ पावरहाउसनजिक फुस्रे खोलामा पौडी खेल्न गएकार २२ वर्षीय विश्वास पुनीको डुबेर मृत्यु भएको हो । भारत राजस्थान घर भएका उनी एमबिबिएस प्रथम वर्षमा अध्यायन गर्थे । पुनी अचानक डुबी बेपत्ता भएको खबर प्राप्त गरेपछि खटिएको प्रहरी टोलली १० मिटर तल उनलाई फेला पारी उद्धार गरी उपचारका लागी गण्डकी… पुरा पढौ

आफ्नै अस्पताल नभएकाले नर्सिङ पढाउन नपाउने

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) ले १०० शय्याको आफ्नै अस्पताल भएका शिक्षण संस्थाले मात्र प्रमाणपत्र तह (पिसिएल) नर्सिङको पठनपाठन गराउन पाउने निर्णय गरेको छ । परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा हालै बसेको बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेको हो । परिषद्को निर्णयसँगै स्थगित गरिएको नर्सिङको भर्ना प्रक्रिया अघि बढ्ने सीटीइभिटीका सदस्यसचिव जीवनारायण काफ्लेले जानकारी दिए । आफ्नै १००… पुरा पढौ

प्रेस सेन्टर गण्डकीमा नयाँ समिति

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनले अर्जुन काफ्लेको अध्यक्षतामा सर्वसम्मत ४१ सदस्यीय नयाँ समिति चुनेको छ । वरिष्ठ उपाध्यक्षमा घनश्याम पाण्डे, उपाध्यक्ष राम थापा, समावेसी उपाध्यक्ष कमला केसी, प्रमुख सचिव सन्तोष गौतम, कोषाध्यक्ष विश्वराज सुवेदी निर्वाचित भएका छन् । त्यसैगरी खुला सचिवमा सुनिल पाण्डे, सुवास अम्गाई र सविन जिसी, जनजाति सचिवमा विनु थापा, महिला सचिव शुशीला क्षेत्री, खुला सचिव अर्जुन अविरल र दलित सचिवमा गुणराज रोका छन् । पाण्डे… पुरा पढौ

अब कर्णालीमै डाक्टरको पढाइ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मङ्सिर १९ गतेदेखि एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने भएको छ । प्रतिष्ठानको निर्धारित शैक्षिक कार्यक्रमअनुसार एमबीबीएसलगायतका कक्षा सञ्चालन हुने प्रतिष्ठानका निमित्त उपकुलपति सहप्राध्यापक डा निरेश थापाले जानकारी दिए । प्रतिष्ठानको लक्ष्य तथा उद्देश्यअनुरुप सञ्चालित स्वास्थ्य सेवा प्रवाह तथा प्राज्ञिक कार्यक्रम पूर्वतयारीअनुसार अघि बढ्ने निमित्त उपकुलपति डा थापाले बताए । “प्रतिष्ठानको बहुप्रतिक्षित एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम एमडी, एमएस, बिएनस, बिएमएस, बिपिएच र बिफर्मा सञ्चालन हुनेमा कुनै बाधा पर्ने… पुरा पढौ

कात्तिक २८ देखि फाइजर खोप

काठमाडौँ, २४ कात्तिकस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’ यही कात्तिक २८ देखि मङ्सिर ४ गतेसम्म लगाउने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले दीर्घरोगीलाई लक्षित गरी यही कात्तिक २८ गतेदेखि खोप अभियान सञ्चालन गरिन थालेको जानकारी दिए । । नेपाललाई अमेरिकाले एक लाख ६२० मात्रा फाइजर खोप उपलब्ध गराएको थियो । मन्त्रालयले दीर्घरोगी भएका १२ वर्ष उमेरदेखि माथिका व्यक्तिलाई फाइजर खोपको दुई मात्र दिइने जनाएको छ… पुरा पढौ

घुमेर पनि धित नमर्ने ढोरपाटन

गलकोट, २४ कात्तिकनेपालकै एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । दसैँ, तिहारका समयमा सो स्थान घुम्ने पर्यटकमा वृद्धि हो । ढोरपाटनको हिमाली क्षेत्रमा अहिले यस वर्षको दोस्रो सिकारयाम चलिरहेको छ तर सिकार खेल्न विदेशी पर्यटक सोझै हिमाली क्षेत्रमा पुग्ने भए पनि आन्तरिक पर्यटक सिकार आरक्ष क्षेत्र कार्यालयस्थित ढोरपाटन उपत्यका, ढोरबारही मन्दिरलगायतका रमणीय क्षेत्रको अवलोकनका लागि त्यहाँ पुगेका छन् । ढोरपाटनमा सडकको सहज पहुँच, होटल, सामुदायिक… पुरा पढौ

यसरी सुरु हुँदै छ जनगणना

हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य भोलि कात्तिक २५ गतेबाट सुरु हुँदैछ । बिहान राष्ट्रपति विद्या भण्डारीको जनगणना गरी जनगणना सुरु हुनेछ । यसका लागि साढे ९ बजे गणकहरु राष्ट्रपति कार्यालय पुग्ने छन् । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क विभागद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइयो । जनगणनाको पहिलो चरणमा… पुरा पढौ

जिरो किमीमा खुल्यो कास्की डेन्टल

पोखराको जिरो किमीमा नयाँ डेन्टल थपिएको छ । मंगलबार आयोजितकार्यक्रममा गण्डकी प्रदेशकाऊर्जा मन्त्री हरिशरण आचार्यले कस्की डेन्टल प्रालिसुरुआत गरे । आचार्यले स्वास्थ्य, शिक्षा, आवास जस्ता आधारभूत कुराको जिम्मा सरकारले लिनुपर्नेमा जोड दिए । उनले निजी क्षेत्रले सेवाको भावनासहितयी क्षेत्रमा लगानी गरी व्यवसायसहित सेवा दिनुपर्ने उनले बताए । मन्त्री आचार्यले हरेक क्षेत्रमा बिचौलिया हावी भएको भन्दै जनतालाई सेवा दिने र व्यवसाय पनि स्थापित हुने बाटो रोज्न व्यवसायीलाई आग्रह गरे । उनले… पुरा पढौ

गाउँपालिकाले तोक्यो सार्वजनिक बसको भाडा

माछापुच्छ«े गाउँपालिकाले गाउँपालिकाभित्रका विभिन्न मार्गमा सञ्चालन हुने सार्वजनिक बसको भाडादर तोकेको छ । बसको भाडा र सञ्चालन तालिकाको सम्बन्धमा पटक पटक गुनासा आउने गरेको र एकै प्रकारको भाडादर कायम नभएकाले पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालिसहित सरोकार पदाधिकारीकोे छलफलबाट भाडादर कायम गरिएको गाउँपालिकाले जनाएको छ । प्रालिद्वारा पोखराको हरिचोकबाट गाउँपालिकाको खोराकोमुख लुम्रे मार्गमा सञ्चालन हुने बसको अधिकतम भाडा १ सय १० कायम गरिएको गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर शाहीले बताए । सोही… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं