साहित्यकार विजय बजिमयको निधन

साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ । सोमबार बिहान ८ बजे उनकै निवास महोरियाटोलबाट शवयात्रासहित अन्त्येटि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यसैबीच पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोती भुजेलले शोक विज्ञप्ति निकालेर बजिमयको निधनमा दुःख व्यक्त गरेका छन् । बजिमय परिवारका पूर्वअध्यक्षसमेत हुन् । उनी २०१४ चैत २३ मा पोखराको मोहरिया टोलमा जन्मिएका थिए ।

साहित्यका बजिमयका अन्ततोगत्वा(कथासंग्रह) र समय भनेको समय हो (कवितासंग्रह) प्रकाशित छन् ।