समाचार

गुरुङहरुलाई धर्म बौद्ध वा बोन लेखाउन आग्रह

कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुने १२ औं राष्ट्रिय जनगणनाबारे तमु धी नेपालले पोखरामा सोमबार अभिमुखीकरण आयोजना गरेको छ । हरेक १० वर्षमा हुने राष्ट्रिय जनगणनालाई मेरो गणना, मेरो सहभागिता नाराका साथ तमुलाई सचेतताका साथ सक्रिय सहभागिताका लागि कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले राष्ट्रिय जनगणनालाई पहिचान र अधिकारको अभियान बनाउनुपर्ने बताइन् । जनगणना आधारसँग तथ्यगत महत्व राख्ने भएकाले सचेतनापूर्वक महाअभियानका रुपमा तमुहरु… पुरा पढौ

जनगणनापछि राष्ट्रिय कृषि गणना

केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ । यही कात्तिक २५ गतेदेखि आउँदो मङ्सिर ९ गतेसम्म हुने गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षकलाई तालिम दिइसकिइएको छ । सामाजिक, आर्थिक, भौगोलिक, भौतिक पूर्वाधार र अन्य पक्ष समेटिने गणनाका लागि केन्द्रदेखि वडास्तरसम्मका समन्वय संरचना तयार गरिएको छ । यसपटक घर तथा घरपरिवार लगत सूचीकरणका लागि २५, मुख्य ५५… पुरा पढौ

भाइटीकाको उत्तम साइत बिहान ११ः०२ बजे

यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । भाइटीका, बिहान ११ः०२ बजे उत्तम साइत आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन… पुरा पढौ

बागलुङ समाजमा रक्तदान

बागलुङ समाज पोखराले बुधबार आयोजना गरेको खुला रक्तदानमा ३५ युनिट रगत संकलन भएको छ । कोभिड १९ संक्रमणका कारण रक्तदान हुने कार्यतालिका प्रभावित हुँदा रगत अभाव भएकाले समाजले रक्तदान गरेको हो । समाज आयोजना गरेको रक्तदान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले ब्लड ब्याग हस्तान्तरण गरी सुरुआत गरे । बागलुङकै बासिन्दा पौडेलले सामाजिक तहबाट यस खालका कार्यक्रम हुनु प्रशंसनीय भएको उल्लेख गरे । उनले समाजवादको यात्रासम्म पुग्न समाज र… पुरा पढौ

चुनावमा कांग्रेस एक्लै लड्छ: गगन थापा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले नेकपा (एमाले)ले चाहेको जस्तो अर्ली इलेक्सन अहिले असम्भव भएको बताएका छन् । नेपाली कांग्रेस गुण्डुले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले वैशाखमा स्थानीय तहको निर्वाचनबाहेक अरू कुनै निर्वाचन समयअगाडि नहुने जनाए । नेता थापाले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदमा चुनाव हुँदैछ भने प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त पदमा पनि उपनिर्वाचनको लागि सरकारले तयारी गरेको जानकारी दिए । “कांग्रेस पहिला पनि एक्लै चुनाव लडेर ठूलो… पुरा पढौ

पोखरा म्याराथन च्याम्पियनलाई ४ लाख

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशिमा शत्प्रतिशत वृद्धि गरेको छ भने सुजल डेरीको उत्पादन सफल दूधले मुख्य प्रायोजनका लागि निरन्तरता दिने दिएको छ । मञ्चद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमार्पmत खुल्ला ४२.१९५ किमी म्याराथनतर्फ प्रथम पुरस्कार चार लाख नगद पु¥याइएको घोषणा गरिएको हो । यो पुरस्कार राशि गत वर्षको भन्दा दोब्बर हो । आगामी फागुन १९ गते पोखरामा आयोजना हुने १६औँ संस्करणको पोखरा म्याराथनतर्फ हुने सबै… पुरा पढौ

प्रेस सेन्टर कास्की अध्यक्षमा कृष्ण

प्रेस सेन्टर कास्कीको अध्यक्षमा कृष्ण दवाडी निर्वाचित भएका छन् । बुधबार भएको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत २१ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो । समिति उपाध्यक्षमा दिनानाथ बराल र महिला उपाध्यक्ष शोभा बराल, सचिव पुष्पराज दाहाल, सह–सचिवमा सुरेसराज अधिकारी, सहसचिव (समावेशी) सविना राना थापामगर र कोषाध्यक्षमा सुशीला क्षेत्री चुनिए । कार्यसमिति सदस्यमा बलराम तिमिल्सिना, रविनाथ दाहाल, शेरबहादुर खत्री, विवेक भण्डारी, लिलाचन्द्र अधिकारी सरोज, प्रकाशचन्द्र गिरी, खगेन्द्र अर्याल, प्रकाश अधिकारी, श्रीभद्र पौडेल… पुरा पढौ

गण्डकीका मोबाइल व्यवसायी संगठित

गण्डकी प्रदेशमा मोबाइल फोनको व्यवसाय गर्नेहरु संगठित भएका छन् । गण्डकीका विभिन्न जिल्लाका मोबाइल व्यवसायीको भेलाले उदयबहादुर केसीको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी महासंघ गण्डकी प्रदेश गठन गरेको हो । संस्थाका उपाध्यक्षद्वयमा देवकुमार श्रेष्ठ र विष्णुनारायण श्रेष्ठ, महासचिव नारायण सुवेदी, कोषाध्यक्ष चिन्तामणि खरेल, सचिव पुष्पराज पौडेल र सहकोषाध्यक्ष ढाकामोहना अधिकारी छन् । यस्तै, सदस्यमा रामचन्द्र तिवारी, गोबिन्द पाण्डे, प्रेम श्रेष्ठ, मनोज श्रेष्ठ, डम्बर गिरी, हेमन्त श्रेष्ठ, विनोद पराजुली, भीम घले, उपेन्द्र… पुरा पढौ

प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा थम्मन

प्रेस सेन्टर नेपाल बागलुङको अध्यक्षमा थम्मन थापा ‘सन्देश’ चयन भएका छन् । मंगलबार सम्पन्न पाँचौ जिल्ला अधिवेशनले थापाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सज्जन कुमार सिंह र सरिता खत्री सचिव अनिष खाती, सहसचिव योगेन्द्र विश्वकर्मा र कोषाध्यक्षमा कृष्ण सापकोटा चयन भएका छन् । बिमल खड्का, सुमन सुनार,कुम्बिर विश्वकर्मा,पूर्णभद्र निउरे,रोशन थापा मगर ,सविता खत्री, चानसिंह श्रीस,बिमल पौडेल,धन बहादुर विश्वकर्मा,जगेन्द्र विश्वकर्मा,अशोक बुढाथोकि सन्तोषी कार्की रहेका छन्… पुरा पढौ

मिर्गौला पीडित सुशीललाई कुन्ती मलको सहयोग

पोखरा, १६ कात्तिककुन्ती मल व्यवसायी समितिले मिर्गाैला पीडित एक युवालाई सहयोग गरेको छ । कास्कीको मादी ४ सिक्लेस घर भएका ३१ वर्षीय शुशील गुरुङका दुवै मिर्गाैलाले काम नगरेपछि उनलाई समितिले सहयोग गरेको हो । समितिको पहलमा मलका व्यवसायी र मल व्यवस्थापन समितिबाट २ लाख १७ हजार २ सय ९१ सहयोग गरिएको हो । शनिबार आयोजित कार्यक्रममा समिति अध्यक्ष मुक्ति पनेरु लगायतले सुशील बचाउ समितिका सल्लाहकार लेखबहादुर गुरुङ र सहसचिव देवीजंगा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं