पोखराको गण्डकी मेडिकल कलेजका १ विद्यार्थीको नदीमा पुगेपछि उपचारका क्रममा मृत्यु भएको छ ।
आइतबार बिहान साढे ११ बजेतिर पोखरा महानगरपालिका १७ पावरहाउसनजिक फुस्रे खोलामा पौडी खेल्न गएकार २२ वर्षीय विश्वास पुनीको डुबेर मृत्यु भएको हो । भारत राजस्थान घर भएका उनी एमबिबिएस प्रथम वर्षमा अध्यायन गर्थे ।
पुनी अचानक डुबी बेपत्ता भएको खबर प्राप्त गरेपछि खटिएको प्रहरी टोलली १० मिटर तल उनलाई फेला पारी उद्धार गरी उपचारका लागी गण्डकी मेडिकल कलेजमा ल्याएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।





