समाचार

एकै पटक २२ एसपीको सरुवा, प्रकाश रानाभाट धनुषाबाट पोखरामा

नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी माहनिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि कात्तिक २९ गते पनि आठ एसपीको सरुवा भएको थियो । यसपटक मानव बेचविखन अनुसन्धान ब्यूरोका अनुरागकुमार द्विवेदीलाई सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण कैलाली, महानगरीय प्रहरी परिसर काठमाडौँका रमेशकुमार बस्नेतलाई जिल्ला प्रहरी कार्यालय पर्सा, मकवानपुरका सोमेन्द्रसिंह राठौरलाई प्रहरी प्रधान कार्यालय युएन जगेडामा र जिल्ला प्रहरी कार्यालय स्याङ्जामा… पुरा पढौ

असफललाई संघर्षशील सामाजिक पुरस्कार

अम्बिका–भागवत फाउन्डेसनद्वारा सञ्चालित संघर्षशील सामाजिक पुरस्कार असफल गौतमलाई प्रदान गरिने भएको छ । समाजसेवी शिवनारायण बिजुक्छेको संयोजकत्वमा देवी श्रेष्ठ, गोविन्दप्रसाद दवाडी सदस्य, फाउन्डेसन अध्यक्ष भागवत नेपाल र संरक्षक अम्बिका नेपाल पदेन सदस्य रहेको समितिले असफललाई पुरस्कार दिन सिफारिस गरेको हो । सभ्य समाज निर्माणमा संघर्षरत प्रतिभालाई हरेक २ वर्षमा अर्पण गरिने पुरस्कार राशि २५ हजार, सम्मानपत्र र दोसल्ला छ । शिक्षा, स्वास्थ्य, गाँस, बाँस र कपाससँग जोडिएका आधारभूत आवश्यकता परिपूर्तिमा… पुरा पढौ

पोखरा ३३ मा श्रीभद्र, पोखरा १७ मा शालिकराम

माओवादी केन्द्र पोखरा १७ को नवनिर्वाचित कमिटी नेकपा माओवादी केन्द्र पोखरा ३३ मा शनिबार नयाँ वडा कमिटी गठन भएको छ । वडा अधिवेशनबाट श्रीभद्र बरालको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी निर्विरोध चुनिएको हो । कमिटी उपाध्यक्षमा हेमबहादुर पराजुली, सचिव नरबहादुर पुन मगर (सन्देश), सहसचिवबाबुरामअधिकारी र कोषाध्यक्षमाअञ्जु अधिकारी थापा छन् । वडा अधिवेशनबाट पोखरा महानगरकालागि ११ प्रतिनिधि छानिएका छन् । नरबहादुर पुन मगर (सन्देश), मदनप्रसादअधिकारी, यज्ञप्रसादअधिकारी, लोकनाथअधिकारी, डिल्लीराम बराल, सुष्माआचार्य, महेश्वर… पुरा पढौ

८० जनालाई मन्टेसरी तालिम

गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा ८० जनालाई ३ महिने तालिम दिइएको छ । गण्डकी बहुप्राविधिक शिक्षालय पोखरा महानगरपालिका र सिटिइभिटीको साझेदारीमा सञ्चालित छ । अघिल्लो आर्थिक वर्ष सञ्चालन भएका ३ महिने तालिमहरु कोभिड १९ का कारणले निर्धारित समयमा सम्पन्न भएका थिएनन् । सहभागीलाई कोर्स सम्पन्न तह एकको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा पूर्व युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले आगामी दिनमा सीप सिकेर स्वरोजगार बन्ने खालका कार्यक्रम अगाडि बढाउनुपर्ने… पुरा पढौ

माओवादी केन्द्र पोखरा २२ मा नवराज

नेकपा माओवादी केन्द्र पोखरा २२ को प्रथम अधिवेसनबाट अध्यक्षमा नवराज बराल निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनबाट उपाध्यक्षमा कृष्णप्रसाद बराल, सचिव मीनराज बराल, कोषाध्यक्ष कमला बराल, सहसचिव राजकुमार गुरुङ चुनिए । सदस्यमाईश्वरी लामिछाने, नन्दलाल बराल, कृष्ण विक, मीनबहादुर गुरुङ, ध्रुवपौडेल, राजेन्द्रप्रसाद बराल, तुलबहादुर गुरुङ, दीननाथ बराल, कृष्णप्रसाद बराल, सनतकुमार बराल,निर्मलबहादुर भुजेल, झ्यामबहादुर विक, ज्वारलाल सुनार, नरबहादुर खड्का, भगवानबास्तोला, दीपक बराल, दलबहादुर विक, मीनबहादुर बास्तोला, उदयबहादुर खत्री, गणेशबहादुर घर्ती क्षेत्री,… पुरा पढौ

वक्तृत्वमा अनुष्का प्रथम

पोखरा महानगरपालिका वडा नं. १७ को बाल मञ्चले आयोजना गरेको वक्तृत्व कला प्रयियोगितामा घारीपाटन बाल क्लबकी अनुष्का रिजाल प्रथम भएकी छन् । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा शनिबार भएको प्रतियोगितामा द्वितीय शेरजागृति बाल क्लबकी वन्दना कार्की, तृतीय छोरेपाटन माविकी सुदीप सुवेदी र सान्त्वना पार्टी माविका प्राञ्जल परियार भए । ‘बाल अधिकार, आजको सवाल’ विषयमा भएको प्रतियोगिताका लागि बाल हितकारी परियोजनाले सहयोग गरेको थियो । प्रतियोगितामा १२ प्रतिश्पर्धी थिए । निर्णायकमा… पुरा पढौ

कास्कीका ७२ वडामा एकै दिन अधिवेशन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कास्कीमा पार्टी सदस्यको संख्या १० हजार ३ सय ८३ पुगेको छ । माओवादी कास्की सदस्यता नवीकरणको काम सकेर वडा र पालिका अधिवेशनको अन्तिम तयारीमा जुटेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले निर्धारित मितिभित्र पोखरा महानगरपालिका र ४ गाउँपालिकामा गरी सो संख्यामा पार्टी सदस्यता नवीकरण भएको पार्टी केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण)ले जानकारी दिए । यसअघि कास्कीमा माओवादीका ८ हजार २… पुरा पढौ

सभापति उम्मेदवारी मनोनयन शुल्क ५० हजार

नेपाली कांग्रेसको पर्वत जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेसको बुधबार भएको कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि १० हजार दर्ता शुल्क निर्धारण गरेको छ । जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि २५ हजार शुल्क तोकिएको छ । जिल्ला सभापतिका लागि १ लाख ५०… पुरा पढौ

राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती

दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गण्डकी गाउँपालिका ४ फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधँै बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने उनी आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गरेको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्छन् । अलिअलि कमाएको पैसा पनि राजनीति गर्दागर्दै सकिएपछि ऋण डुबेका भट्टले अहिले गाउँमै करिब १ सय १७ रोपनी क्षेत्रफल जमिन भाडामा लिएर अकबरे खुर्सानीको व्यावसायिक खेती थालेका… पुरा पढौ

कास्की कांग्रेस चुनावः प्लेकार्ड र पर्चामा प्रतिबन्ध

नेपाली कांग्रेस कास्कीले अधिवेशनका बेला हुने भड्किलो प्रचारमा रोक लगाएको छ । कास्की कांग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा मंगलबार बसेको बैंठकले यस्तो निर्णय गरेको हो । अब कुनै पनि उम्मेद्वारले भड्किलो तवरले प्रचार सामग्रीको प्रयोग गर्न नपाउने कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । ‘उम्मेद्वारले आफ्नो परिचयका लागि व्यक्तिगत रुपमा एउटामात्रै सामग्री घाँटीमा झुन्ड्याउन सक्ने छन्’, प्रवक्ता सिग्देलले भने, ‘त्यसबाहेकका प्रचार सामग्री प्रयोग गर्न पाइने छैन ।’ निर्वाचनस्थलमा उम्मेद्वारसँग… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं