निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकलन गर्ने भएको छ।
आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो।
निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माका अनुसार सबै स्थानीय तहको केन्द्रबाट मतादाता नामावली संकलन हुनेछ।
आयोगले मतदाता नामावली गर्न हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाण्डौ उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन गर्नेछ।




