समाचार

विश्वशंकर कांग्रेस जिल्ला सदस्य उठ्ने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विश्वशंकर पालिखेले कास्की जिल्ला सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । पालिखेले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । ५ दशकदेखि आफू नेपाली कांग्रेसमा आवद्ध रहेको बताउदै उनले अब सक्रिय राजनीतिकमा लाग्ने जनाए । पार्टीका नीति, नियम आत्मसात् गर्दै कांग्रसलाई अझै सुदृढ र बलियो बनाउन लाग्ने उनको प्रतिवद्धता छ । प्रजातन्त्र स्थापनाका लागि पालिखे परिवारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्र्दै उनले आफ्ना… पुरा पढौ

आगामी चुनावमा चितवनबाटै उठ्छु: प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने घोषणा गरेका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना, भरतपुरले भरतपुर महानगरपालिका–२७ बुद्धनगरमा निर्माण गरेको डिप ट्युबेल सिँचाइ प्रणालीको सोमबार अबेर उद्घाटन गर्दै उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको उल्लेख गरे । उनले आगामी निर्वाचनममा चितवन क्षेत्र नं ३ बाटै आफ्नो उम्मेदवारी रहने स्पष्ट पारेका हुन् ।… पुरा पढौ

यु १९ क्रिकेटका लागि गण्डकीको टोली घोषणा

गण्डकी प्रादेशिक क्रिकेट संघले काठमाडौंमा आयोजना हुने ‘वाईवाई यु–१९’ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि विष्णु पाण्डेको कप्तानीमा टोली घोषणा गरेको छ । गत कात्तिक २९ देखि मंसिर ४ गतेसम्म पोखरा रङ्गशालामा सञ्चालन भएको प्रादेशिक छनोट प्रतियोगिताबाट गण्डकीको टोली छनोट गरिएको हो । गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष देवेन्द्र प्रजुका अनुसुार १४ नियमित र ४ वैकल्पिक खेलाडी छनोट गरिएको छ । टोलीको उपकप्तानको जिम्मेवारी सुभाष भण्डारीलाई दिइएको छ । छनोट भएका… पुरा पढौ

कांग्रेस कास्की १ मा लामिछाने, २ मा निर्दोषी

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमबार सम्पन्न सङ्घीय निर्वाचन क्षेत्रको अधिवेशनमा कास्की क्षेत्र नं १ मा राजेन्द्रमणि लामिछाने विजयी भएका छन् । सोमबार भएको निर्वाचनमा राजेन्द्रमणि लामिछाने ४५८ मतसहित विजयी भने । उनका प्रत्यासी बुद्धिमान गुरुङले ३३० मत पाए । निर्वाचनमा कास्की क्षेत्र नं १ बाट महाधिवशेन प्रतिनिधिमा खुल्लातर्फ तारानाथ रानाभाट, कृष्णबहादुर केसी, सुदिपमोहन भट्टराई, यज्ञबहादुर थापा, विकास लामा गुरुङ, किशोरदत्त बराल, होमबहादुर बस्याल, तिलक रानाभाट, गिरिराज गौतम र शिरोमणि… पुरा पढौ

पर्यटकको बसाइँ लम्बाउन पैदल मार्गः मन्त्री बराल

गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन फेवाताल किनारमा पैदलमार्ग आवश्यक भएको बताएका छन् । अनदु गुरुङ समाजले पोखरा महानगरपालिका २२ तालपारीस्थित अनदुमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले प्रत्येक पर्यटकको बसाइँ अवधि लम्ब्याउन फेवातालको किनार क्षेत्रमा ‘फुट्याक’ निर्माण गर्न आवश्यक भएको विचार राखे । फेवातालबाट नजिक भएर पनि यहाँको माथिल्लो तथा तल्लो क्षेत्रका बासिन्दा अझै पनि विकासमा पछि परेकाले ताल वरपरकोे विकाससँगै पर्यटकीय गतिविधि सञ्चालन हुनुपर्नेमा… पुरा पढौ

युआरएल पत्रकारिता पुरस्कारका लागि समिति

युआरएल पत्रकारिता पुरस्कार २०७८ प्रदानका लागि प्रतिभा छान्न प्रतिभा छनोट समिति गठन भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को ८ औं साधारणसभाले नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष दीपेन्द्र श्रेष्ठलाई छनोट समिति संयोजकको भूमिका निर्वाह गर्न अनुरोध गरेको थियो । संयोजक श्रेष्ठले समितिका २ सदस्यमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वकुलपति प्राडा बुद्धिबहादुर थापा र सञ्चारिका समूह गण्डकी अध्यक्ष स्मीता अधिकारीलाई मनोनयन गरेका छन् । समितिले गण्डकी प्रदेशमा कमसेकम ५ वर्षदेखि… पुरा पढौ

मुस्ताङमा जिप दुर्घटना, घाइतेलाई काठमाडौं लगियो

सोमबार बिहान मुस्ताङको थासाङ १ टुकुचेमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंको छाउनी अस्पताल लगिएको छ । बिहान सवा ५ बजेतिर टुकुचे नजिकै भन्सिङ स्थित बेनप्ी जोमसोम सडक खण्डमा जोमसोमबाट बेनीतर्फ जादै गरेको ग१ज ७७०३ नं.को जिप सडकदेखि अन्दाजी २० मिटर तल खसेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । पुरा पढौ

उत्तरगंगा हाइड्रोअघि बढ्यो

गलकोट, ६ मंसिरसम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको छ । सम्भाव्यता अध्ययन सम्पन्न पश्चात् डिपिआरको काममा उत्तरगङ्गा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहिद वहिद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर काम थालेको छ । योसँगै चर्चामा नै सीमित रहेको आयोजना अगाडि बढ्ने संकेत देखिएको छ । गत… पुरा पढौ

आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत आज १४९ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुँदै छ । मुलुकका कूल १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये यसअघि १६ निर्वाचन क्षेत्रमा अधिवेशन सम्पन्न भइसकेको र बाँकी ६० जिल्लाका प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सोमबारदेखि अधिवेशन हुन लागेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । यस अधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् । हालको विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा २५ जनाका दरले महाधिवेशन प्रतिनिधि… पुरा पढौ

मंसिर १७ गतेदेखि १० दिन देशैभर मतदाता नामावली संकलन

निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकलन गर्ने भएको छ। आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माका अनुसार सबै स्थानीय तहको केन्द्रबाट मतादाता नामावली संकलन हुनेछ। आयोगले मतदाता नामावली गर्न हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म र तराई, भित्री मधेश तथा काठमाण्डौ… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं