कांग्रेस कास्की सभापतिमा ५ प्रतिश्पर्धी

नेपाली कांग्रेस कास्कीको अधिवेशनका लागि बिहीबार ५ जनाको उम्मेदवारी दर्ता भएको छ।

निर्वाचन समितिका संयोजक अधिवक्ता आरसी विमल पौडेलले सभापति पदका लागि आइबहादुर गुरुङ, सुदीपमोहन भट्टराई, किशोरदत्त बराल, पोषनाथ शर्मा र गिरीराज गौतमले उम्मेदवारी दर्ता गरेका छन् ।

कास्कीमा जिल्ला सभापतिका लागि सभापति शेरबहादुर देउवा पक्षले एउटै प्यानल बनाएको छ भने पौडेल पक्षका मात्र ४ उम्मेदवार मैदानमा छन् । यहाँ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बलियो मानिन्छ ।

देउवा पक्षबाट सभापतिका किशोरदत्त बरालले उम्मेदवारी दर्ता गराएका छन् । उन प्यानलमा उपसभापतिमा हरिप्रसाद शर्मा लामिछाने र लेखबहादुर गुरुङ, सचिवमा भरतप्रसाद तिवारी र अमृतकुमार श्रेष्ठ, सहसचिवमा विकास थापा र कृष्णमान ठुसाजु छन् ।

बरालले कांग्रेसका पूर्णकालीन कार्यकर्ता उत्पादनमा लाग्नुपर्ने बिहीबार आयोजित उम्मेदवारी घोषणासभामा बताए । ४ प्रतिश्पर्धी हुँदा पौडेल पक्षको मत बाडिने देखिएको छ ।