क्षेत्रीय सभापतिका प्रतिश्पर्धीको मत बराबर

नेपाली कांग्रेसको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर क्षेत्र नं २ को सभापतिमा दुवै प्रतिस्पर्धीको मत बराबर आएको छ । मंगलबार भएको मतदानमा क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले समान ३ सय ९४ मत प्राप्त गरेका छन् ।

नवलपुर क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ १०, महिलातर्फ चार, खस आर्य पुरुषतर्फ दुई, खस आर्य महिलातर्फ एक, आदिवासी जनजाति पुरुषतर्फ तीन, आदिवासी महिलातर्फ दुई, अल्पसङ्ख्यक मधेसी, थारू र दलिततर्फ एक÷एकजना गरी २५ जना महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । बुधबार बिहान आएको मत परिणामअनुसार महाधिवेशन प्रतिनिधिमा खुल्लातर्फ ओमबहादुर घर्ती (४५१), गणेशमान श्रेष्ठ (३८४), चन्द्रबहादुर राना (५२७), चेतप्रसाद पौडेल चेतन (४१६), विष्णुकुमार कार्की (५१४), विष्णुप्रसाद ढकाल (३९३), विष्णुप्रसाद लामिछाने (५०३), शङ्कर तिवारी (३७२), सुरज गुरुङ (३९२) र सोनी जिसी (३८९) विजयी भए ।

महिलाबाट महाधिवेशन प्रतिनिधिमा ओमकुमारी महतो (३६३), दुर्गालक्ष्मी पाठक काफ्ले (३७२), विमला सापकोटा (३७८) र सुमित्रा खनाल (३७७) निर्वाचित भए । त्यस्तै, खस आर्य पुरुषतर्फबाट जीवलाल पाठक (४३७), रामजीप्रसाद पौडेल (३८२) र खस आर्य महिलातर्फबाट (३६६) विजयी बने । यसैगरी, महाधिवेशन प्रतिनिधिमै आदिवासी जनजाति पुरुषबाट टेकप्रसाद श्रेष्ठ (४३९), पूर्णसिंह राना (४१५), श्यामप्रसाद श्रेष्ठ (४३४) तथा जनजाति महिलाबाट पुनम नगरकोटी (४२४) र मायादेवी श्रेष्ठ (४१८) विजयी भए । महाधिवेशन प्रतिनिधिमै अल्पसङ्ख्यक मधेसीबाट नन्दकिशोर गुप्ता रौनियार (४४२), थारूबाट टीकाकुमारी महता (४२२) र दलितबाट झमाया विक (४६२) विजयी भएका छन् ।