उमेश सिके श्रमिक समुदाय नेपाल केन्द्रीय सचिव

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भाृत संगठन श्रमिक समुदाय नेपालको पाँचौ राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व चुनेको छ । सम्मेलनले संगठनको नाम दलित मुक्ति मोर्चा नेपाल परिवर्तन गरी श्रमिक समुदाय नेपाल बनाएको हो ।


सम्मेलनबाट पोखराका उमेश सिके सचिव चुनिएका छन् । सर्वसम्मत बनेको ६१ सदस्यीय कार्यसमिति अध्यक्षमा रामलाल बिश्वकर्मा, उपाध्यक्ष जितेन्द्र महरा, महासचिव त्रिलोचन विक र सचिवद्वय उमेश सिके र रामकुमार पासवान र कोषाध्यक्ष जानकी बराह छन् ।
श्रमिक समुदायको उद्घाटन सत्र कात्तिक २७ गते र बन्दसत्र २८ र २९ गते भएको थियो । सम्मेलनलाई नेकपा महासचिव विप्लवले सम्बोधन गरेका थिए ।

श्रमिक समुदायका नवनिर्वाचित सचिव सिकेले दलित भन्ने शब्दलाई विस्थापन गरी मानवीय न्यायको पक्षमा संगठन दृढतापूर्वक लाग्ने निर्णय भएको बताए ।