प्रेस चौतारी नेपाल कास्कीको अधिवेशन ंसिर ३ गते पोखरामा हुने भएको छ । प्रेस चौतारी कास्की अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाइएको छ ।
चौतारीका देशभरका शाखामध्ये कास्कीले उदाहरणीय सन्देश दिने गरी अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ । अधिवेशन सफल पार्नका लागि अध्यक्ष गिरीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरी कामअघि बढाइएको छ ।
सदस्यता नवीकरण उपसमितिमा संयोजक रञ्जन अधिकारी, आर्थिक उपसमितिमा कमल सुवेदी, प्रचारप्रसार उपसमिति संयोजक जीवन सुवेदी, मञ्च व्यवस्थापन उपसमितिमा दीपक पौडेल र आन्तरिक व्यवस्थापन उपसमिति संयोजकमा गौरव त्रिपाठी छन् । आगामी नेतृत्वका यथासक्य सर्वसम्मत चुन्न पहल गर्ने बैठकमा निर्णय भएको छ ।






