हरिदेवीलाई क्षेत्रप्रताप स्मृति पुरस्कार

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ अग्रज गायिका हरिदेवी कोइरालालाई प्रदान गरिने भएको छ । मञ्चको शनिबार दमौलीमा भएको बैठकले यो निर्णय गरेको हो ।

कला, संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उनलाई उक्त पुरस्कार अर्पण गर्न लागिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले बताए । पुरस्कार राशि नगद २५ हजार छ ।

गीतल राष्ट्रिय पुरस्कार २०७७ बाट कवि प्रोल्लास सिन्धुलिया र २०७८ बाट गायक राज सिग्देललाई पुरस्कृत गर्ने निर्णय भएको छ । उक्त पुरस्कारको र७ हजार छ । यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ बाट लोकगायक शंकर परियार र २०७८ बाट लोकगायिका आशा बिसीलाई पुरस्कृत गरिने अध्यक्ष अधिकारीले बताए । यो पुरस्कारको राशि ५ हजार छ ।