मुख्य समाचार

कांग्रेस सभापति देउवापछि वरिष्ठ नेता पौडेल पनि पोखरा आउँदै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उच्च तहका नेताहरू जिल्ला दौडाहामा सक्रिय छन् । पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला दौडाहा, नेता, कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीब्र बनाएका छन् । यसैक्रममा उनी शुक्रबार कास्की आउँदैछन् भने शनिबार बिहान म्याग्दी जाँदैछन् । यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि जिल्ला दौडाहा शुरु गर्न लागेका छन् । उनको यात्रा गण्डकीबाट शुरु हुने बताइन्छ । नेता पौडेल शनिबारदेखि गण्डकी र ५ नम्बर प्रदेशका विभिन्न जिल्ला दौडाहामा… पुरा पढौ

अपहरणमा परेकी सांसद देवकी मल्ल सम्पर्कमा

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अपरहणमा परेकी बझाङकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन् । प्रहरी स्रोतका अनुसार राजनीतिक विषयका लागि मल्ललाई लगेका थिए । उनी हाल प्रहरी सम्पर्कमा आएको बझाङ्का डिएसपी प्रविण धितालले जानकारी दिए । उनले भने, ‘सांसद अहिले हामीको सम्पर्कमा आउनु भएको छ । बाँकी कुरा उहाँसँग भेट भएपछि नै खुल्छ ।’ मल्ल प्रदेशसभा निर्वाचनमा बझाङ ‘ख’ बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन्… पुरा पढौ

सरकार र स्वतन्त्र मधेसी गठबन्धनका नेता सीके राउत बीच सँग ११ बुंदे सहमति

सरकारले स्वतन्त्र मधेश गठबन्धनका नेता सीके राउतसँग ११ बुंदे सहमति गरेको छ। सहमतिमार्फत् गठबन्धन राजनीतिको मुलधारमा आएको छ। सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र गठबन्धनका तर्फबाट सीके राउतले हस्ताक्षर गरेका छन्। हस्ताक्षरपछि गठबन्धनले देश टुक्राउने आफ्ना सम्पूर्ण गतिविधि अन्त्य गर्नेछ। सबै समस्याको समाधान शान्तिपूर्ण र लोकतान्त्रिक विधिबाट गर्ने सहमतिमा उल्लेख छ। यस्तो छ सहमतिको पूर्णपाठ। १) संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न अविभाज्य राष्ट्र हो। नेपाल… पुरा पढौ

सांसद मल्ललाई गर्‍यो विप्लव समूहले अपहरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की प्रदेश सभा सांसद देवकी मल्ललाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले अपहरण गरेको छ । बझाङ ‘ख’की प्रदेश सभा सांसद मल्ल अपहरणमा परेको सुरक्षा स्रोतले जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अपहरणमा परेको खबर भर्खरै पाएको बताएका छन्। पछिल्लो समय सरकारविरोधी गतिविधिमा आक्रमक देखिएको नेकपाले सांसद मल्ललाई अपहरण गरेको हो। आजै प्रधानमन्त्री ओलीले विप्लव समूहप्रति कठोर नीति लिने चेतावनी दिएका छन्। पुरा पढौ

नेकपा प्रवेश गर्लान् त सिके राउत ?

पृथकतावादी आन्दोलनको नेतृत्व गरिरहेका सिके राउतले उक्त एजेण्डा परित्याग गरेका छन्। तर, उनी नेकपामा प्रवेश गर्न लागेका हुन् वा होइन, त्यसबारे केही खुलाइएको छैन। सरकारसँग भित्रभित्रै वार्ता गरेका सिके राउतले आजैबाट पृथकतावादी गतिविधि परित्याग गर्ने भएका हुन्। राउत बिहीवार मात्रै सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए । अपरान्ह १ बजे राष्ट्रिय सभागृहबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सिके राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने भएका छन्। स्रोतका… पुरा पढौ

सिएमसीसँगको ठेक्का सम्झौता रद्द

तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द गरेको छ । कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालीको उक्त कम्पनीलाई जिम्मा दिएको थियो । गत माघ ४ गते ठेक्का कार्यान्वयनमा गएको सूचना सिएमसीलाई दिएको थियो ।  मेलम्ची खानेपानी आयोजनामा काम छोडेको इटालीको कम्पनीले सो आयोजनामा महत्वपूर्ण जिम्मा पाएको थियो । कूल १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत् आयोजनामा काम गर्न नस्क्ने देखिएपछि… पुरा पढौ

दुबईमा प्रस्तुत हुँदै नेपथ्य

संयुक्त अरब इमिरेट्सको प्रमुख सहर दुबईमा नेपथ्य फेरि प्रस्तुत हुने भएको छ। आगामी मार्च १५ गते शुक्रबारको दिन त्यहाँस्थित अल नासर लेजर ल्याण्डमा कन्सर्ट आयोजना गरिने छ।  अरब जगतको यो ब्यस्त व्यापारिक केन्द्रमा ब्याण्ड दोश्रोपटक पुग्न लागेको हो। यसभन्दा पहिले मुलुकले कठिन परिस्थिती बेहोरिरहेको क्षणमा पूर्वनिर्धारित कार्यक्रमको बाध्यताले नेपथ्य त्यहाँ पुग्नु परेको थियो। भुइँचालोलगत्तै तय रहेको सन् २०१५ मे २१ तारिखको दुबई कन्सर्टलाई ब्याण्डले ‘राष्ट्रिय सन्तापको संगीत’ का रुपमा लिएको… पुरा पढौ

प्रहरी मार्नेलाई बधाई दिएका थिए रेशमले

टिकापुर घटनामा दोषी ठहरिएपछि रेशम चौधरीलाई हिजोमात्र जन्मकैदको फैसला सुनाईएको छ । २०७२ साल भदौ ७ गते कैलालीको टिकापुरमा आठ सुरक्षाकर्मी र एक नाबालकसहित ९ जनाको हत्या भएको घटनामा उनी दोषी ठहरिएका हुन् । उनलाई जन्मकैदको फैसलापछि यतिबेला सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्णीहरु भईरहेको छ । यसबीचमा रेशम चौधरीको सम्बन्धमा सनसनीपूर्ण बयान सार्वजनिक भएको छ । टिकापुर घटनामा संलग्न भएका ११ जना मध्य एक जनाले दिएको बयानले यतिबेला सनसनी मचाएको… पुरा पढौ

जिएमसीका सिइओ र परीक्षा नियन्त्रक पक्राउ

५३ करोड भन्दा बढी ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन् । बुधबार बेलुका उनीहरूलाई कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए । उनले विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरी ठगी मुद्दा मुद्दा दर्ता गरिएको बताए । सरकारले तोकेको शुल्कसिमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै विद्यार्थीहरूले १०… पुरा पढौ

कांग्रेस सभापति देउवा पोखरा आउने

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा फेरि पोखरा आउने भएका छन् । पार्टीका कार्यक्रममा सहभागी हुन उनी ६ दिने जिल्ला भ्रमण अन्तर्गत पोखरा आउने भएका हुन् । नेपाली कांग्रेसका अनुसार उनी कार्यकर्ता भेटघाट र पार्टीका कार्यक्रममा सहभागी हुन यहि फागुन २४ गते शुक्रबार पोखरा आउने भएका हुन् । उक्त दिन कास्की कांग्रेस तथा भातृ संस्थाले गर्ने कार्यक्रम भने तय भैसकेको छैन । कास्की कांग्रेसका सभापति कृष्ण केसीले पार्टीको बैठक… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं