जिएमसीका सिइओ र परीक्षा नियन्त्रक पक्राउ

५३ करोड भन्दा बढी ठगी गरेको आरोपमा गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन् । बुधबार बेलुका उनीहरूलाई कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए ।

उनले विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरी ठगी मुद्दा मुद्दा दर्ता गरिएको बताए ।

सरकारले तोकेको शुल्कसिमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै विद्यार्थीहरूले १० जना विरुद्ध ठगी मुद्धामा उजुरी दिएका थिए । उनीहरू विरुद्ध मंगलबार उजुरी दर्ता भएको थियो ।

विद्यार्थीले उक्त रकम फिर्ता हुनुपर्ने, सरकारले तोके अनुसारको शुल्कमा मात्र लिनुपर्ने लगायतका माग राख्दै प्रहरीमा उजुरी दिएका हुन् ।

सरकारले उपत्यका बाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ । तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम अशुलेको विद्यार्थीको आरोप छ ।
कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए ।

विद्यार्थीहरूले परीक्षासमेत बिहष्कार गरेका थिए । तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए । सन् २०१५ देखि यताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै विद्यार्थीले आन्दोलन गरेका थिए ।

पोखराको गण्डकी मेडिकल कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण प्रसाद शर्मा पक्राउ परेका छन् । ५३ करोड भन्दा बढी ठगी गरेको आरोपमा बुधबार बेलुका उनीहरूलाई कास्कीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए । उनले विभिन्न समयमा ५३ करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरी ठगी मुद्दा मुद्दा दर्ता गरिएको बताए ।

सरकारले तोकेको शुल्कसिमा विपरीत मनपरी रुपमा विद्यार्थीबाट रकम असुलेको भन्दै विद्यार्थीहरूले १० जना विरुद्ध ठगी मुद्धामा उजुरी दिएका थिए । उनीहरू विरुद्ध मंगलबार उजुरी दर्ता भएको थियो । विद्यार्थीले उक्त रकम फिर्ता हुनुपर्ने, सरकारले तोके अनुसारको शुल्कमा मात्र लिनुपर्ने लगायतका माग राख्दै प्रहरीमा उजुरी दिएका हुन् ।

सरकारले उपत्यका बाहिरको मेडिकल कलेजलाई एमबिबिएसमा ४२ लाख शुल्क तोकेको छ । तर, कलेजले विद्यार्थीबाट उक्त रकमभन्दा १५ लाखसम्म बढी रकम अशुलेको विद्यार्थीको आरोप छ ।
कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थीले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । विद्यार्थीहरूले परीक्षासमेत बिहष्कार गरेका थिए ।

तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि चरणबद्ध आन्दोलन गर्दै आएका विद्यार्थीले आइतबार सडकमा नै उत्रेर विरोध प्रदर्शन गरेका थिए ।

सन् २०१५ देखि यताको ब्याचका विद्यार्थीले कलेजबाट बढी शुल्क उठाइएको बताउँदै विद्यार्थीले आन्दोलन गरेका थिए । करिब ४० दिनदेखिको विद्यार्थीको अनसन अझै जारी छ ।