सांसद मल्ललाई गर्‍यो विप्लव समूहले अपहरण

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की प्रदेश सभा सांसद देवकी मल्ललाई नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीले अपहरण गरेको छ ।

बझाङ ‘ख’की प्रदेश सभा सांसद मल्ल अपहरणमा परेको सुरक्षा स्रोतले जनाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले अपहरणमा परेको खबर भर्खरै पाएको बताएका छन्।

पछिल्लो समय सरकारविरोधी गतिविधिमा आक्रमक देखिएको नेकपाले सांसद मल्ललाई अपहरण गरेको हो। आजै प्रधानमन्त्री ओलीले विप्लव समूहप्रति कठोर नीति लिने चेतावनी दिएका छन्।