नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अपरहणमा परेकी बझाङकी प्रदेशसभा सांसद देवकी मल्ल सम्पर्कमा आएकी छन् । प्रहरी स्रोतका अनुसार राजनीतिक विषयका लागि मल्ललाई लगेका थिए ।
उनी हाल प्रहरी सम्पर्कमा आएको बझाङ्का डिएसपी प्रविण धितालले जानकारी दिए ।
उनले भने, ‘सांसद अहिले हामीको सम्पर्कमा आउनु भएको छ । बाँकी कुरा उहाँसँग भेट भएपछि नै खुल्छ ।’ मल्ल प्रदेशसभा निर्वाचनमा बझाङ ‘ख’ बाट माओवादी उम्मेदवारको रुपमा विजयी भएकी थिइन् ।






