मुख्य समाचार

जिएमसी सञ्चालक विरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्धा

सरकारले तोकेको शुल्कसिमा विपरीत विद्यार्थीबाट धेरै रकम असुलेको भन्दै आन्दोलनरत गण्डकी मेडिकल कलेज(जिएमसी)का विद्यार्थीले सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दिएका छन्। विद्यार्थीहरुले चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियान्ताहरुको सहयोगमा उजुरी दर्ता गराएका हुन्। उजुरी हाल्नेमा प्रितम सुवेदी, विजयवावु शिवाकोटी र अनित सिन्हा छन्। कलेज सञ्चालकको मिलेमतोमा कलेजका प्रिन्सिपल, प्रशासकीय अधिकृत, लेखा शाखाका प्रमुख लगायतले विद्यार्थीबाट अवैध रुपमा बढी शुल्क लिएको भन्दै विद्यार्थीले आन्दोलन गर्दै आएका छन्। विद्यार्थीहरुले अवैध… पुरा पढौ

पोखरा महानगर-पोउवासंघ होर्डिङ बोर्ड सम्झौता तोडियो

पोखरा महानगरपालिकाले पोखरा उद्योग वाणिज्य संघसँग गरेको होर्डिङ वोडिङ वापत विज्ञापन संकलनका लागि गरिएको सम्झौता तोडेको छ । २०७५ माघ २९ गते महागनर प्रमुखको अध्यक्षतामा बसेको बैठकको सरोकारवालाको बैठकले पोखरा उद्योग वाणिज्य संघसँगको सम्झौता तोड्ने निर्णय गरेको थियो । वैठकमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक चन्द्रा गुरुङ, ट्राफिक प्रहरी कास्कीका मुरारी मिश्र लगायतका सरोकारवाला सहभागी थिए । २०७१ साल साउन १८ गते… पुरा पढौ

प्रतिक्रियावादी पार्टी फुटाउन लागे : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले केही शक्ति र प्रतिक्रियाबादी भर्खरै एकता भएको पार्टी फुटाउन लागि परे पनि नेकपामा कुनै असन्तुष्टि नरहेको बताएका छन् । वर्तमान सरकार सहिदको सपना पूरा गराउन जनताको हितमै काम गरिरहेको उल्लेख गर्दै उनले सरकारले काम गरेन भन्नुको अर्थ नरहेको बताए । उनले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई कम्युनिष्ट पार्टीको नाममा आतंक मच्चाउने काम तत्काल बन्द गर्न आग्रह गरे । झापाको खुदुनाबारी र इलामको दानावारी नजिकैको जंगलस्थित सुखानी… पुरा पढौ

रवीन्द्रप्रति शोक प्रस्ताव पारितपछि संसद स्थगित

हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारी प्रति शोक प्रस्ताव पारित गर्दै मंगलबार बोलाइएको प्रदेश सभा बैठक सकिएको छ । विकासप्रेमी नेकापाका नेता एवं मन्त्री अधिकारी ताप्लेजुङमा गए बुधबार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका थिए । अधिकारीलगायत ७ जनाप्रति शोक प्रस्ताव पारित गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको हो । गण्डकीका सभामुख नेत्रनाथ अधिकारीले शोक प्रस्ताव पेस गरेका थिए । शोक प्रस्ताव पारित गर्दै १ मिनेट मौन धारण… पुरा पढौ

सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान: प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले मुलुकमा क्रियाशील सबै कम्युनिष्ट शक्तिलाई एउटै पार्टीमा गोलबद्ध हुन आह्वान गरेका छन्। इलाम विद्रोहका पाँच शहीदको स्मृतिमा आज झापाको शहीदभूमि सुखानीमा आयोजित श्रद्धाञ्जलि सभामा प्रधानमन्त्रीले सुखानीमा सहादत प्राप्त गरेका शहीदले मुलुकमा फुटेर होइन, जुटेर समाज रुपान्तरणका लागि लाग्ने एकीकृत कम्युनिष्टको सपना देखेको बताए। उनले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द) बीचको एकीकरण शहीदको सपना साकार पार्ने एउटा महान् प्रक्रिया… पुरा पढौ

मौसमलाई दोष देखाइदिएर उम्किन सजिलो !

‘मौसमको विचार गरेर मात्र उड्नुस्, नेपालमा अहिले भएका दुर्घटनामा कम्तिमा पनि ५० प्रतिशत कम हुन्छ ।’ मेरो प्रश्नको जवाफ दिँदै थिए चिनियाँ पाइलट (क्याप्टेन) चाओ फेङ दे । मैले सुझाव नेपालका पाइलटलाई मागिदिएको थिएँ । चिनियाँ पाइलटलाई मेरो प्रश्न थियो, ‘नेपालमा साना विमानहरूको दुर्घटना झन्भन्दा झन् बढ्दैछ, यसलाई कसरी कम गर्न सकिएला, नेपालका पाइलटहरूलाई केही सुझाव दिनुहुन्छ कि ?’ कुरा वि.सं २०७३ वैशाखको हो । चीनको हार्विन प्रान्तमा भ्रमणमा गएका… पुरा पढौ

५५ जिल्लाका कांग्रेस सभापतिको चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ५५ जिल्लाका सभापतिहरुले महासमिति बैठकको निर्णयअनुसार विधानमा पुनर्विचार नगरिए विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका छन् । उनीहरुले मंगलबार संयुक्त विज्ञप्ती जारी गरेर महासमिति बैठकको निर्णयअनुसार महाधिवेशन प्रतिनिधिका लागि सबै तहका नेताहरुले वडा तहमा निर्वाचन लड्नुपर्ने व्यवस्था विधानमा नगरिए विशेष महाधिवेशनका लागि पहल गर्ने चेतावनी दिएका हुन् ।   ‘महासमिति बैठक र यसको निर्णयबाट उत्साहित भएका आम पार्टी सदस्यहरुलाई केन्द्रीय समितिको पछिल्लो निर्णयले निराश… पुरा पढौ

पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, १ को मृत्यु

मंगलबार प्याराग्लाइडिङ दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ। पोखरा सराङकोटबाट उडेका रसियन प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । १ विदेशीको मृत्यु भएको ४८ घण्टा नपुग्दै अर्काको ज्यान गएको हो । उडेको केही बेरमा सराङकोटमै खस्दा मृत्यु भएको र उनको नाम खुलिनसकेको प्रहरीले जनाएको छ । आइतबार मात्र सराङकोटबाट उडेका रोमानियाका पाइलट इबि चिसजिरले प्याराग्लाइडिङ दुर्घटनामै ज्यान गुमाएका थिए। पुरा पढौ

विद्याको सम्झनामा रवीन्द्रः आफू दुखेर अरु हँसाउने मान्छे

जीवनको आधा आकाश खस्यो, धारती फाट्यो । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनको खबरपछि विद्या भट्टराईका आँखा अझै ओभाएका छैनन् । वक्य फुटेन । भक्कानो छुट्छ । गीतामा एउटा भनाइ छ, ‘वर्तमान चलिरहेको छ । तिम्रो के गएको छ र तिमी रुन्छौ ?’ जान त विद्याको जीवनबाट धेरै थोक गयो । पति रवीन्द्रसँगै सपना र योजनाहरु गए । उनैसँग गए जीवनका अन्तरंग र मिठो स्पर्श । सिउँदोमा हालेको… पुरा पढौ

रवीन्द्रको काज किरिया आज सकिँदै

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया मंगलबार ७ औं दिनमा सकिँदै छ । जन्म र मृत्युका हाम्रा संस्कारलाई समय अनुकूल बनाउनुपर्छ भन्ने अधिकारीको इच्छा अनुसार परिवारले ७ दिनमा नै काजकिरिया सक्न लागेको हो । अधिकारीको शवयात्रामा सहभागी र श्रद्धाञ्जली अर्पण गर्न प्रदर्शनी केन्द्र तथा रामघाटमा आएकाहरुलाई मालेपाटन, जनप्रियटोलमा मंगलबार उपस्थित हुन परिवारले आग्रह गरेको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले अधिकारीको ७… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं